असोज १ देखि उपत्यकाका तारे होटलमा बस्ने विदेशीको डिजिटल ट्रयाकिङ गर्ने निर्णय
सारांश
- अध्यागमन विभागले असोज १ गतेदेखि काठमाडौँका तारे होटलमा बस्ने विदेशी नागरिकको डिजिटल ट्र्याकिङ गर्ने निर्णय गरेको छ।
- यस प्रणालीले विदेशी नागरिकको सुरक्षा, सूचना व्यवस्थापन, अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्नेछ।
- विदेशी नागरिकले होटलमा जानुअघि विवरण इन्ट्री गर्नुपर्नेछ, र यो प्रणाली क्रमशः देशभर विस्तार गरिनेछ।
काठमाडौँ । काठमाडौँ उपत्यकाको तारे होटलमा बस्ने विदेशी नागरिकलाई असोज १ गतेदेखि डिजिटल ट्रयाकिङ गर्ने निर्णय गरिएको छ । अध्यागमन विभागले सो निर्णय गरेको हो ।
होटल एसोसिएसन नेपालसँगको समन्वयमा पहिलो चरणमा तारे होटलमा विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली लागु गर्न लागिएको अध्यागमन विभागका निर्देशक टीकाराम ढकालले रातोपाटीलाई बताए । विभागले त्यसबारे म्यानुअल तयार गरेको छ ।
नेपाल भ्रमण गर्ने विदेशी नागरिकहरूको सुरक्षा, सुचनामा सहजीकरण, सम्भावित अपराध नियन्त्रण र पर्यटन प्रवर्द्धनमा सहयोग गर्न दर्ता तथा अनुगमन प्रणाली को विकाश गरिएको निर्देशक ढकालले जानकारी दिए । उनले भने, ‘असोज १ गतेदेखि यो प्रणाली काठमाडौँका तारे होटलमा सुरु गरिन्छ, त्यसपछि क्रमशः बिस्तार गरिने छ ।’
कुनै विदेशी नागरिक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएपछि बुकिङ गरेको होटलमा जानुअघि विवरण इन्ट्री गरेर जानुपर्छ । विवरण इन्ट्री गरेपछि जेनेरेट हुने क्युआर कोडको आधारमा सेवा प्रदायक संस्थाहरूले विदेशी नागरिकको रेकर्ड विभागको अनलाइन प्रणालीमा पठाउनुपर्ने छ । विवरण इन्ट्री नगरेको अवस्थामा होटलहरुले विवरण भरेर अनलाइन प्रणालीमा पठाउनुपर्ने निर्देशक ढकालले जानकारी दिए ।
दोस्रो चरणमा देशभरका तारे होटल, विमान कम्पनी, टुर्स एण्ड ट्राभल्स कम्पनी र मनी एक्स्चेन्जहरुमा लागु गर्ने विभागको योजना छ । सो प्रणाली क्रमशः सबै प्रकारका होटल तथा गेस्ट हाउसमा तथा सार्वजनिक तथा निजी संस्थाहरूमा पनि लागु गरिने ढकालले बताए ।
नेपालमा घुम्न आएर सम्पर्क विहीन हुने विदेशीहरूलाई सो प्रणालीमा आबद्ध भएसँगै खोज्न सहज हुने अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण