बुधबार, २७ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

जलवायु सङ्कट श्रमजीवी वर्गको साझा मुद्दा हो, माओवादी केन्द्रले नेतृत्व गर्नुपर्छ : प्रचण्ड

शुक्रबार, २० भदौ २०८२, १८ : ०१
शुक्रबार, २० भदौ २०८२

सारांश

  • प्रचण्डले जलवायु परिवर्तनको समाधान श्रमिक जनताको एकताबाट मात्रै सम्भव रहेको बताए।
  • उनले माओवादी केन्द्रले जलवायु परिवर्तनविरुद्ध स्पष्ट नेतृत्व लिनुपर्ने आवश्यकता औँल्याए।
  • प्रचण्डले धनी राष्ट्रको नाफामुखी अवधारणाका कारण कार्बन उत्सर्जन भइरहेको र क्षतिपूर्ति नदिएकोमा आवाज उठाउनुपर्ने बताए।

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका असरहरूमाथि गम्भीर चिन्ता व्यक्त गर्दै उक्त सङ्कटको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका छन् । 

उनले जलवायु परिवर्तनको विरुद्ध माओवादी केन्द्रले स्पष्ट नेतृत्व लिनुपर्ने आवश्यकता समेत औँल्याए ।

माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तरक्रिया’ कार्यक्रममा अध्यक्ष प्रचण्डले सम्बोधन गर्दै जलवायु परिवर्तनको असरलाई पूँजीवादी विकास मोडलको असफलताको परिणामको रूपमा चित्रित गरे । 

प्रचण्डले भने,“आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै सङ्कटमा परेको छ। यसको समाधान यदि सही ढङ्गले गर्न सकिएन भने यो सङ्कट झन् गहिरो हुँदै जानेछ ।”

प्रचण्डले आफूले माओवादी केन्द्रको तर्फबाट सरकारको नेतृत्वमा रहँदा विभिन्न अन्तर्राष्ट्रिय फोरमहरूमा जलवायु न्यायको पक्षमा आवाज उठाउँदै आएको उल्लेख गर्दै भने,“हामीले सबै गरिब राष्ट्रहरूको प्रतिनिधिका हैसियतले नेपालको नेतृत्वमा विश्वका सबै गरिब राष्ट्रका जनताको आशा र विश्वास कायम होस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय मञ्चहरूमा यो मुद्दा गम्भीर ढङ्गले उठाउँदै आएका छौँ ।”

उनले धनी राष्ट्रहरूको नाफामुखी अवधारणकै कारण कार्बन उत्सर्जन भइरहेको भएतापनि त्यसको प्रतिकूल असर गरिब राष्ट्रहरूका जनताले बेहोर्नु परेको र कार्बन क्षतिपूर्ति स्वरूप दिने भनिएको रकमसमेत अहिलेसम्म नदिइएको प्रति विश्वका तेस्रो मुलुकको नेतृत्व लिएर आवाज उठाउनुपर्ने आवश्यकता औँल्याए ।

प्रचण्डले सामुदायिक वन व्यवस्थापनको अवधारणा नेपालमा सही उद्देश्यले ल्याइएको भएपनि त्यसमा पछिल्लो समय विकृति देखिएको बताए ।

सामुदायिक वन व्यवस्थापनको अवधारणा ल्याउने नेतृत्वको अवसरमावादमा फस्दै जाँदा सहकारी र वनमा समेत समस्या आएको उनले बताए ।

वन र प्राकृतिक स्रोत साधनको व्यवस्थापनमा पछिल्लो समय भएको (एनजिओकरण र आईएनजिओकरण) प्रति उनले गम्भीर आपत्ति जनाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप