१२ बजे १२ समाचार: सात उपसचिवको गुपचुप सरुवा, नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले पाए नयाँ अध्यक्ष
सारांश
- सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयको चौतर्फी विरोध भइरहेको छ।
- नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले नयाँ अध्यक्ष पाएका छन् भने एमाले अध्यक्षलाई थप अधिकार दिने प्रस्ताव आएको छ।
- रुपन्देही ३ मा हुने उपनिर्वाचनका लागि कांग्रेसले तल्लो तहबाट सिफारिस नलिने भएको छ।
काठमाडौँ । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’मा ‘१२ बजे १२ समाचार’ लिएर उपस्थित भएका छौँ–
१. सामाजिक सञ्जाल बन्दको चौतर्फी विरोध
भनिरहनै परेन, बिहीबारदेखि निरन्तर हामीकहाँ एउटै कुराको चर्चा छ– सामाजिक सञ्जाल । एक साताअघि नेपाल सरकारले विश्वव्यापी सामाजिक सञ्जाल फेसबुक, युट्युब, इन्स्टाग्राम, एक्सलगायतलाई सूचीकरणमा नआए बन्द गर्ने चेतावनी दिएको थियो । अन्तिममा सरकारले दर्ता नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने निर्णय गरेको छ । उक्त निर्णयको अहिले चौतर्फी विरोध भइरहेको छ ।
२. दुई संस्थामा नयाँ अध्यक्ष
नेपाल स्टक एक्सचेञ्ज र पुनर्बीमा कम्पनीले पाए नयाँ अध्यक्ष पाएका छन् । शुक्रबार अर्थमन्त्री विष्णु पौडेलले मन्त्रिस्तरीय निर्णय गरी दुई संस्थाको अध्यक्ष नियुक्त गरेका हुन् ।
३. एमाले अध्यक्ष ओलीलाई थप शक्तिशाली बनाउने प्रस्ताव
नेकपा एमालेका कमिटीका सदस्यहरूको सङ्ख्या फेरबदल हुने भएको छ ।
दोस्रो विधान महाधिवेशनमा प्रस्तावित संशोधन विधान पारित भए मौजुदा कमिटी र सङ्ख्यामा फेरबदल आउने भएको हो । त्यस्तै पार्टी अध्यक्षको अधिकार पनि थपिने भएको छ ।
उपसभामुख रानाले पदीय आचरणविपरीत काम गरेको भन्दै हटाउने प्रयोजनका लागि संघीय संसद् सचिवालयमा प्रस्ताव दर्ता गर्ने तयारी गरे । त्यही समयमा राना विदेश भ्रमणमा थिइन् ।
४. कर्मचारीको गुपचुप सरुवा
गृह मन्त्रालयले सात उपसचिवको गुपचुप सरुवा गरेको छ । अघिल्लो साता गरेको सरुवा मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको छैन ।
शाखा अधिकृत र नायब सुब्बालाई हाजिर हुन २४ घण्टे चेतावनी दिएको पत्र समेत वेभसाइटमा राख्ने मन्त्रालयले उपसचिव सरुवा गरेको विषय भने एक साता बित्दासम्म वेभसाइटमा राखेको छैन ।
५. सर्वाेच्च अदालत
सर्वोच्च अदालतले २०८२ असार २२ मा आठ वर्ष पुराना सबै मुद्दा फस्र्योट भएको घोषणा गरेको थियो । तर १८ वर्ष पुरानो मुद्दाको समेत अझै सुनुवाइ हुन सकिरहेको छैन ।
६. उपसभामुख राना निर्धक्क कुर्सीमा
कांग्रेस–एमालेले आफ्ना पार्टीका सांसदहरूलाई उपसभामुख हटाउने प्रयोजनका लागि यही भदौ ३ र ४ गते सिंहदरबारस्थित पार्टीका संसदीय दलमा र नयाँ बानेश्वरस्थित संसद् भवनमा हस्ताक्षर सङ्कलन गराएका थिए ।
७. संसदीय सुनुवाइ समिति सभापति चयनमा रास्वपाको प्रश्न
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय सुनुवाइ (संयुक्त) को सभापतिमा रामहरि खतिवडा चयनको विषयलाई लिएर प्रश्न उठाएको छ । रास्वपाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै यससम्बन्धी संसद् सचिवालयको ध्यानाकर्षण गराएको हो ।
८. सामाजिक सञ्जाल सरकारको सम्पर्कमा
सरकारले बन्द गरेका २६ वटामध्ये आठ वटा सामाजिक सञ्जाल सरकारको सम्पर्कमा आएका छन् ।
शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको निर्देशनमा नेपाल दूरसञ्चार प्राधिकरणले बन्द गर्नका लागि इन्टरनेट सेवा प्रदायकलाई पत्र लेखेकामध्ये सो बराबरका सामाजिक सञ्चालका सञ्चालकहरू सम्पर्कमा आएका हुन् ।
९. रुपन्देही ३ उपनिर्वाचन
आगामी कात्तिक १७ गते रुपन्देही–३ मा हुन लागेको उपनिर्वाचनमा उम्मेदवार बनाउन नेपाली कांग्रेसले तल्लो तहबाट सिफारिस नमाग्ने भएको छ ।
अहिलेसम्म अवलम्बन गर्दै आएको पार्टीको तल्लो तहबाट खुला सिफारिस माग्ने र त्यसलाई आधार मानेर माथिल्लो समितिले उम्मेदवार तोक्ने शैलीलाई यो पटक कांग्रेसले परिवर्तन गर्न लागेको हो ।
१०. बारा–पर्सा करिडोरका मजदुर दोहोरो असुरक्षित
वीरगञ्ज महानगरपालिका–३२ स्थित नारायणी स्टील उद्योगमा कार्यरत बारा, जीतपुरसिमरा उपमहानगरपालिका–१४, बेहरीका २५ वर्षीय उपेन्द्र चौधरीको कार्यस्थलमा मृत्यु भयो । उद्योगभित्र वेल्डिङको काम गरिरहेका चौधरीको करेन्ट लागेर भदौ ४ गते राति २ बजे मृत्यु भएको हो ।
कार्यस्थलमा दुर्घटनामा पर्दासमेत उद्योगको लापर्बाहीले समयमै उपचार नपाएर उपेन्द्रको ज्यान गएको उनका दाजु सुरेन्द्र चौधरीको आरोप छ । उपेन्द्र करिब १ वर्षदेखि नारायणी स्टीलमा कार्यरत थिए ।
११. स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूसँग कार्यसम्पादन सम्झौता
स्वास्थ्य सेवालाई थप जिम्मेवार, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुसँग कार्यसम्पादन सम्झौता गरेको छ ।
१२. एनपीएलको ट्रफी टुर शनिबारदेखि
नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर शनिबारदेखि हुने भएको छ ।
ट्रफी पूर्वको विराटनगरदेखि सुदूरपश्चिमसम्म लगिनेछ । ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा पुर्याइनेछ ।
दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौँमा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण