यूएईमा कास्कीवासीहरूको भेला, विदेशको ज्ञान र सीप देशको विकासमा लगाउन मुख्यमन्त्रीको आग्रह
सारांश
- युएईमा कास्की आदर्श समाजको विश्व सम्मेलन आयोजना भयो, जसमा मुख्यमन्त्री पाण्डेले विदेशमा आर्जित ज्ञान र सीप नेपालमा लगानी गर्न आग्रह गरे।
- मुख्यमन्त्रीले गण्डकी प्रदेशको नीतिगत सुधार र लगानी सम्मेलनको योजनाबारे जानकारी गराए, जसमा विश्वभरका कास्कीवासीलाई सहभागी हुन आग्रह गरे।
- पोखरा महानगरपालिकाका मेयरले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेको र पूर्वाधार विकासमा अध्ययन भइरहेको बताए, साथै विदेशमा रहेका नेपालीको समस्यामा साथ दिने प्रतिबद्धता जनाए।
यूएई । विश्वभर छरिएर रहेका कास्कीवासीहरू संयुक्त अरब इमिरेट्स (युएई) मा भेला भएका छन्।
कास्की आदर्श समाज अन्तर्राष्ट्रिय परिषद्ले आयोजना गरेको प्रथम कास्की विश्व सम्मेलनमा सहभागी हुँदै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विदेशमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई नेपालको विकासमा लगाउन आग्रह गरे।
उनले अहिले नेपालमा नकारात्मक भाष्य बढेको भन्दै विदेशमा सिकेको सकारात्मक सोचका साथ देश बनाउन लाग्न सुझाए। ‘अहिले नेपालमा केही हुन सक्दैन भन्ने नकारात्मक सोच हावी छ,' उनले भने, 'यो भाष्य चिरेर हामीले पनि काम गर्नुपर्छ।’
मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशलाई समृद्ध बनाउनका लागि नीतिगत सुधार गर्न सरकार तयार रहेको बताए। उनले प्रदेशमा छिट्टै लगानी सम्मेलन आयोजना गरिने जानकारी दिँदै त्यसमा सहभागी हुन विश्वभरका कस्केलीहरूलाई आग्रह गरे।
पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिसकेको अवस्थामा पूर्वाधार विकास र लगानी आकर्षित गर्नेबारे अध्ययन भइरहेको बताए। उनले विदेशमा रहेका नेपालीहरूले भोगेका समस्यामा महानगरपालिका साथमा रहेको विश्वास दिलाए।
कास्की आदर्श समाजले सन् २०१७ मा स्थापना भएदेखि २० भन्दा बढी देशमा समितिहरू विस्तार गरिसकेको छ। समाजका वरिष्ठ उपाध्यक्ष विशाल ढुंगानाका अनुसार, आगामी महिना युरोप र मध्यपूर्वका थप ८ देशमा यसको विस्तार गर्ने योजना छ। समाजले पोखरामा जेहेन्दार तथा गरिब विद्यार्थीहरूका लागि छात्रवृत्ति कार्यक्रम पनि सञ्चालन गरिरहेको छ।
सम्मेलनको समापनपछि युएई घोषणापत्र जारी गरिनेछ। समाजले पोखरा २६ मा आफ्नै भवन निर्माण गर्ने र विदेशबाट फर्केका नेपालीहरूको स्वास्थ्य उपचारका लागि पोखरामा श्रमिक अस्पताल स्थापना गर्ने योजना पनि अघि सारेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण