कोशी प्रदेशसभा परिसरमा छिरे प्रदर्शनकारी, सभाहलमा आगजनी
सारांश
- विराटनगरमा आन्दोलनकारीहरूले प्रदेश सभा भवनमा प्रवेश गरी आगजनी गरेका छन्।
- प्रहरी सुरक्षालाई पन्छाउँदै प्रदर्शनकारीहरूले सभाहलमा आगो लगाएका हुन्, जसले गर्दा अवस्था नियन्त्रण बाहिर पुगेको छ।
- जेन-जीको आन्दोलनमा सरकारको दमनको विरोधमा प्रदर्शनकारीहरूले नेकपा एमालेको पार्टी कार्यालय र राजश्व कार्यालयमा पनि आगजनी गरेका छन्।
विराटनगर । कर्फ्यू उल्लंघन गर्दै आन्दोलनकारीहरु कोशी प्रदेश सभा भवनमा प्रवेश गरेर प्रदेशसभा भवनमा आगजनी गरेका छन् । विराटनगरको देवकोटा चोकस्थित प्रदेशसभा भवन अगाडि विहानदेखि नै झडप भइरहेकोमा प्रहरीको सुरक्षालाई पन्छाउँदै प्रदर्शनकारी प्रदेशसभाभित्र प्रवेश गरेका हुन् ।
प्रदेशसभामा छिरेपछि प्रदर्शनकारीले सभाहलमा आगो लगाएका हुन् । अहिले सभाहल दनदनी बलिरहेको छ । सुरक्षाकर्मी पनि प्रदर्शनकारीको सामू निहिर बनेका छन् ।
विराटनगरको अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ । नेकपा एमालेको पार्टी कार्यालय पाञ्चालीमा प्रदर्शनकारीले आगजानी गरेका छन् । यस्तै ट्राफिक चोकस्थित आन्तरिक राजश्व कार्यालयमा पनि आगजनी गरेका छन् ।
सोमबार देशभर सुरु भएको जेन–जीको आन्दोलनमा सरकारले निर्मम दमन गरेर १९ जनाको ज्यान लिएपछि आक्रोशित प्रदर्शनकारीको समूहले सडक नियन्त्रणमा लिएको छ । विराटनगरमा जारी भएको कर्फ्यूको अवज्ञा गर्दै हजारौँ प्रदर्शनकारी चोक–चोकका सडकमा प्रदर्शन गरिरहेका छन् ।
सुरक्षाकर्मीको टोली प्रदेशसभा, मुख्यमन्त्री कार्यालय, मन्त्रालयहरु तथा मुख्यमन्त्री र मन्त्रीको निवासको सुरक्षामा केन्द्रित हुँदा बजार क्षेत्रमा नियन्त्रण बाहिर पुगेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण