प्रदर्शनकारीले आगजनी गरेको विशाल ग्रुपको गोदाममा शव फेला
बिहीबार, २६ भदौ २०८२, १३ : २५
सारांश
- चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव फेला परेको छ।
- भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा गोदाममा आगजनी भएको थियो।
- प्रहरीले शवको पहिचानका लागि पोस्टमार्टमको तयारी गरिरहेको छ।
काठमाडौँ । चन्द्रागिरि स्थित विशाल ग्रुपको गोदाममा शव भेटिएको छ । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा चन्द्रागिरि नगरपालिका वडा नम्बर–५ स्थित सो गोदाममा आगजनी भएको थियो ।
गोदाममा जलेको अवस्थामा शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । शवको पहिचान खुलेको छैन ।
सो शव पोस्टमार्टम गर्न प्रहरीले त्रिवि शिक्षण अस्पतालमा पठाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण