बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

जेनजीको भावनालाई कार्यान्वयन गर्न भ्रष्टाचार छानबिन न्यायिक आयोग गठन हुनुपर्छ : नेता किराती

शनिबार, २८ भदौ २०८२, ०८ : ५२
शनिबार, २८ भदौ २०८२

सारांश

  • माओवादी नेता सुदन किरातीले भ्रष्टाचार छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठनको माग गरेका छन्।
  • उनले जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
  • किरातीले आन्दोलनमा भएको नरसंहार र विध्वंसबारे छानबिन गर्न पनि माग गरेका छन्।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्ने बताएका छन् । 

सामाजिक सञ्जालमा उनले लेखेका छन्– 'चोर बाटोबाटै भएपनि प्रधानमन्त्री सुशीला कार्की नियुक्ति हुनु भएकोमा बधाई छ । अब जेनजी आन्दोलनको भावनालाई कार्यान्वयन गर्नको लागि भ्रष्टाचार छानबिन सम्बन्धी उच्च स्तरीय न्यायिक आयोग गठन गरिनुपर्छ ।'

साथै किरातीले आन्दोलनको क्रममा भएका नरसंहार र विध्वंसबारे छानबिन गर्न अर्को उच्च स्तरिय न्यायिक आयोग पनि गठन हुनुपर्ने बताएका छन् । 

उनी भन्छन्– 'गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी यी चार खम्बे चरित्र भएको संविधानले दलित, महिला, जनजाति, मधेसी र मुस्लिम आदी समुदाय र क्षेत्रलाई अधिकार सम्पन्न बनाएको छ यसलाई  तलमाथि नगरियोस्  यदि तलमाथि गर्नु भयो भने फेरि परिणाम गम्भीर हुनेछ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप