ट्रम्पको ट्यारिफ चेतावनीपछि भड्कियो चीन
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले चीनमाथि ट्यारिफ लगाउने चेतावनी दिएपछि चीनका विदेशमन्त्री वाङ यीले प्रतिक्रिया जनाएका छन्।
- वाङ यीले युद्धले समस्या समाधान नहुने र प्रतिबन्धले स्थिति झनै बिग्रने बताएका छन्।
- चीनले शान्ति वार्ता र राजनीतिक समाधानलाई प्रवर्द्धन गर्ने र युरोपसँगको साझेदारीमा जोड दिने कुरामा उनले जोड दिए।
बेइजिङ । ट्यारिफलाई लिएर अमेरिका र चीनबिच विवाद बढ्दै गएको छ । हालैका दिनमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि ५० देखि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने चेतावनी दिएका थिए ।
यस्तो अवस्थामा अब चीनले पनि ट्रम्पको चेतावनीको जवाफ दिएको छ । युद्धले समस्या समाधान नहुने अनि प्रतिबन्धले स्थितिलाई झनै खराब बनाउने चीनका विदेशमन्त्री वाङ यीले बताएका छन् ।
ट्रम्पले शनिबार सामाजिक सञ्जाल प्लेटफर्म टुथ सोशलमा नेटो देशले चीनमाथि ५०–१०० प्रतिशतसम्मको ट्यारिफ लगाउनुपर्ने र यो ट्यारिफ रुस र युक्रेन युद्ध समाप्त नभएसम्म जारी रहनुपर्ने भनेका थिए । रुसमाथि चीनको बलियो नियन्त्रण भएको अनि यी शक्तिशाली ट्यारिफहरूले त्यो पकड तोड्न सक्ने उनको तर्क थियो ।
स्लोभेनियाका उपप्रधानमन्त्री र विदेशमन्त्री तान्या फियोनलाई भेटेपछि आयोजित पत्रकार सम्मेलनमा वाङ यीले अमेरिकी चेतावनीको जवाफ दिएका थिए । चीनले कुनै पनि युद्ध र यसको योजनामा सहभागी नहुने उनले बताए ।
चीनले सधैँ शान्ति वार्ता र राजनीतिक समाधानलाई प्रवर्द्धन गर्ने पनि उनले बताए । प्रतिबन्ध र ट्यारिफले स्थिति सुधार नगर्ने बरु यसलाई अझ जटिल बनाउनेमा वाङले जोड दिएका थिए ।
चीन र युरोप प्रतिस्पर्धी नभएको अनि साझेदार बन्नुपर्ने उनको भनाइ थियो । संयुक्त राष्ट्रसंघको बडापत्रका सिद्धान्तहरूलाई मिलेर संरक्षण गर्ने कुरा गर्दै विश्वभर फैलिएका द्वन्द्वहरूलाई शान्तिपूर्ण रूपमा समाधान गर्ने कुरामा वाङले जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण