हुन्डाई कारखानामा छापा : मानवअधिकार उल्लंघनको छानबिन गर्दै दक्षिण कोरिया
सारांश
- दक्षिण कोरियाले हुन्डाईको जर्जियास्थित कारखानामा भएको छापामारीमाथि छानबिन गर्ने भएको छ।
- छापामारीमा सयौँ अवैध आप्रवासी कामदार पक्राउ परेको घटनामा मानवअधिकार उल्लङ्घन भएको हुनसक्ने आशंका छ।
- दक्षिण कोरियाले अमेरिकामा लगानी गरिरहेको बेला भएको यस घटनाले दुई देशको सम्बन्ध चिसो पारेको छ।
सोल । दक्षिण कोरियाको सरकारले घरेलु कार निर्माता कम्पनी हुन्डाईको अमेरिकाको जर्जियास्थित कारखानामा अध्यागमनका अधिकारीहरूले छापा मारेकाे घटनामाथि छानबिन गर्ने भएको छ ।
छापा मार्ने क्रममा अधिकारीहरूले सयौँको सङ्ख्यामा अवैध रूपमा अमेरिका बसिरहेका दक्षिण कोरियाली आप्रवासी कामदारलाई पक्राउ गरेका थिए । सो घटनामा मानवअधिकार उल्लङ्घन भएको हुनसक्ने भन्दै सरकारले छानबिन गर्ने भएको छ ।
यस घटनाप्रति दक्षिण कोरियाले निकै खेद पनि व्यक्त गरेको थियो । अमेरिकाले कानुन कार्यान्वयन गर्ने प्रक्रियामा आफ्ना नागरिकको अधिकार र हितको उल्लङ्घन गर्न नहुने दक्षिण कोरियाली राष्ट्रपतिका प्रवक्ताले सोमबार भनेका छन् ।
जर्जियास्थित कम्पनीको विद्युतीय सवारी साधनका लागि ब्याट्री बनाउने कारखानामा छापा मारेको एक हप्तापछि शुक्रबार त्यहाँबाट समातिएका ३०० भन्दा धेरै दक्षिण कोरियाली कामदार स्वदेश फर्किएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको भारी ट्यारिफबाट बच्नका लागि दक्षिण कोरियाली कम्पनीहरूले अमेरिकामा अर्बौ डलर लगानी गरिरहेकै समयमा भएको यस घटनाले दुई देशको सम्बन्ध चिसो पारेको छ ।
यस घटनामा सम्भावित मानवअधिकार वा अन्य अधिकार उल्लङ्घनबारे विस्तारमा अनुसन्धान गर्न दक्षिण कोरियाली अधिकारीहरूले सम्बन्धित कम्पनीहरूसँग मिलेर काम गर्नेछन् । यस घटनाले अमेरिकामा विदेशी लगानी निरुत्साहित गर्ने चेतावनी दक्षिण कोरियाका राष्ट्रपति लि जेए–म्युङले दिएका छन् ।
विदेशमा कारखाना स्थापना गर्न घरेलु कामदारहरू पठाउने अभ्यास दक्षिण कोरियाली कम्पनीमा सामान्य भएको भन्दै छापा मार्ने घटनालाई लिले अलमल पार्ने काम गरिएकाे भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण