पूर्वजवानले प्रहरी युनिट आगजनी गरे, डीएसपीको युनिफर्म लगाए
सारांश
- जेनजी प्रदर्शनपछि डीएसपीको युनिफर्म लगाएर आन्दोलन भड्काउने युवकको भिडियो भाइरल भएको छ।
- प्रहरी कार्यालयमा आगजनी र तोडफोड गर्ने युवक सुरज कुमार रौनियार हुन्, जो पूर्व प्रहरी हुन्।
- रौनियार २०७८ मा ठगीमा संलग्न भएको आरोपमा बर्खास्त भएका थिए र २०८१ मा लुटपाटको आरोपमा पक्राउ परेका थिए।
काठमाडौँ । जेनजी प्रदर्शनपछि सामाजिक सञ्जालमा डीएसपीको युनिफर्म लगाएर आन्दोलन भड्काउने एक जना युवकको भिडियो भाइरल छ । प्रहरीको युनिफर्म लगाएर राष्ट्रिय झण्डा बोकेका ती युवक भन्छन्, ‘अब लगालग गर्ने हो, एकदम लगालग ।’
उनी आफ्नो मोबाइलबाट भिडियो पनि बनाइरहेका देखिन्छन् । न्यूरोड स्थित प्रहरी वृत्त जनसेवा लगायतका प्रहरीका कार्यालयमा आगजनी र तोडफोड गर्ने ती युवक सुरज कुमार रौनियार हुन् ।
पर्सा घर भएका रौनियार पूर्व प्रहरी हुन् । भक्तपुरमा कार्यरत रहँदा आपराधिक काममा संलग्न भएको भेटिए पछि प्रहरी प्रधान कार्यालयले उनलाई बर्खास्त गरेको थियो । ठगीमा संलग्न भेटिएपछि उनी २०७८ मा बर्खास्त भएका हुन् ।
जेनजी प्रदर्शनको मौका छोपेर प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा तिनै रौनियारको संलग्नता देखिएको प्रहरी अधिकृतहरू बताउँछन् । उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृतका अनुसार रौनियार २०८१ मा १० लाख नगद लुटपाटको आरोपमा पक्राउ परेका थिए ।
उपत्यका प्रहरी कार्यालयका एक जना अधिकृत भन्छन्, ‘रौनियारले विभिन्न प्रहरी कार्यालयमा आगजनी गरेको देखिन्छ, हामी अनुसन्धान गर्दै छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण