आन्दोलनको मौका छोपेर उपराष्ट्रपतिको घरमा लुटपाट
सारांश
- बारामा उपराष्ट्रपति रामसहाय प्रसाद यादवको घरमा लुटपाट भएको छ, जसमा सुन र नगद चोरी भएको छ।
- उपराष्ट्रपति यादवका छोराका अनुसार, लुटपाट जेनजी आन्दोलनकारीले नभई लुटेरा समूहले गरेको थियो।
- स्थानीय प्रशासनले जेनजी आन्दोलनमा भएको क्षति विवरण संकलन गरिरहेको छ, जसमा सार्वजनिक र निजी सम्पत्तिको क्षति समावेश छ।
बारा । जेनजी आन्दोलनको मौका छोपेर उपराष्ट्रपति रामसहाय प्रसाद यादवको कलैयास्थित घरमा लुटपाट भएको छ । उपराष्ट्रपति यादवका छोरा शत्रुधन यादवले आफ्नो घर तोडफोड र लुटपाट गर्ने जेनजी नभएर बेग्लै किसिममा लुटेरा रहेको बताए ।
‘घर तोडफोड गरेर लुटेराको समूहले बहिनीको बिहेका लागि बनाएर राखेको गरगहना, नगद रकम सबै लुटेर लगेछन्’ उनले भने, ‘गाउँको खेतबाट ल्याएको धान, गहुँ, मुसुरोलगायतका अन्नसमेत जलाएछन् ।’
उपराष्ट्रपति यादवकी छोरीको बिहे आगामी मंसिर ८ गते हुँदैछ । बिहेकै लागि जुटाएको रकम र किनेका गहना लुटिएको परिवारले जनाएको छ ।
घरमा तोडफोड र लुटपाट भएपछि उपराष्ट्रपतिकी पत्नी चम्पादेवी यादव चिन्तितमात्र भइनन्, बिरामी भएर केही दिनदेखि अस्पतालमै रहेको छोरा शत्रुधनले बताए । ‘धेरै वर्ष लगाएर बनाएको घरमा राम्रोसँग बस्न पनि पाइएको थिएन, यसरी तोडफोड हुँदा साह्रै दुःख लागेको छ,’ उनले भने ।

गत मंगलबार जेनजी आन्दोलनमा पूर्वमन्त्रीहरू किसान श्रेष्ठ, ज्वालाकुमारी साह लगायतको घरमा पनि आगजनी र तोडफोड भएको थियो ।
स्थानीय प्रशासनले जेनजी आन्दोलनको क्रममा भएका निजी तथा सार्वजनिक सम्पत्तिको क्षति विवरण सङ्कलन गरिरहेको छ । बाराको विश्रामपुर गाउँपालिकाको भवन र सवारी साधन तोडफोड र आगनजीले ध्वस्त भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष तामाङले जानकारी दिए ।
आन्दोलनमा निजगढ नगरपालिका, सिमरास्थित आन्तरिक राजस्व कार्यालय, जीतपुरसिमरा उपमहानगरको कार्यालय, नगरप्रमुख र ईलाका प्रशासन कार्यालय सिमराका प्रमुखले प्रयोग गर्ने सवारी साधन, निजगढ नगरपालिका अन्तर्गतका ८ वटा वडा कार्यलय, जीतपुरसिमराका ६ वटा वडा कार्यालय लगायतका सार्वजनिक सम्पत्तिमा क्षति पुगेको स्थानीय प्रशासनले जनाएको छ ।
‘आगजनी गर्ने, गराउन उक्साउने सबैलाई घटनाको फोटो भिडियो हेरेर अनुसन्धान गरी पहिचान गर्छौं र आवश्यक कानुनी कारबाही हुन्छ,’ प्रहरी उपरीक्षक तामाङले भने, ‘घटनाक्रम सामान्य भएपछि संग्लन सबैमाथि मुद्दा चल्छ । यस्ता घटनामा राज्यले आज कारबाही गरेन भने भोलि झनै ठुलो दुर्घटना निम्त्याउँछ र बदलाको भावना सुरु हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण