अर्थमन्त्री र नाडाका प्रतिनिधिहरूबिच भेटवार्ता
मङ्गलबार, ३१ भदौ २०८२, १९ : ०४
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालसँग नाडाका अध्यक्ष करण चौधरीको नेतृत्वको प्रतिनिधिहरूले भेटवार्ता गरेको छ । मंगलबार अर्थमन्त्री खनालसँग भेटगरी देशको वर्तमान अवस्थाका विषयमा छलफल गरिएको हो ।
व्यवसायीहरूसँगको भेटमा अध्यक्ष चौधरीले आम व्यवसायीहरूको सुरक्षा र देशको शान्ति र अमन चयन सबैभन्दा महत्त्वपूर्ण विषय भएको बताउँदै व्यवसायीहरूको उत्थानका लागि सरकारले ठोस कदम चाल्नु पर्ने धारणा राखे ।
अध्यक्ष चौधरीले सुस्ताएको नेपालको अटोमोवाइल व्यवसायलाई गतिशील बनाउन आवश्यक पर्ने नीतिहरूमा सुधारका लागि आग्रह गर्दै नाडाकोतर्फबाट २२ बुँदे सुझावहरू समेत पेस गरे ।
अर्थमन्त्री खनालले व्यवसायीहरूले राखेका सुझावहरूलाई मनन गर्दै आन्दोलनबाट भएकाको क्षतिको तथ्याङ्क संकलन गरी समुचित कदम चालिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण