दक्षिण कोरियामा ई–७ भिसा मार्फत नेपाली श्रमिक पठाउन बनेको कार्यविधि कार्यान्वयन नहुने
बुधबार, ०१ असोज २०८२, ११ : ४१
सारांश
- श्रम मन्त्रालयको निर्देशनपछि दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयन नहुने भएको छ।
- वैदेशिक रोजगार विभागले सूचना जारी गर्दै कार्यविधि कार्यान्वयन नगर्न जानकारी गराएको छ।
- ई-७ भिसा अन्तर्गत सीपयुक्त श्रमिकका रूपमा कोरिया जान चाहनेहरूलाई यसले प्रभाव पार्नेछ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनपछि दक्षिण कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयन नहुने भएको छ ।
वैदेशिक रोजगार विभागले बुधवार एक सूचना जारी गर्दै यो जानकारी गराएको हो।
विभागका अनुसार, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय दिएको निर्देशन अनुसार जी टु जी माध्यमबाट ई–७ भिसामा कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी उक्त कार्यविधि, २०८० कार्यान्वयन नगर्न भनेको छ ।
मन्त्रालयको निर्देशनसँगै यो कार्यविधि तत्कालका लागि कार्यान्वयनमा नआउने भएको हो। विभागले यस सम्बन्धी सम्पूर्ण सरोकारवालालाई जानकारी गराउनका लागि यो सूचना प्रकाशित गरेको जनाएको छ।
कोरियामा ई–७ भिसा अन्तर्गत सीपयुक्त श्रमिकका रूपमा जान इच्छुक व्यक्ति तथा अन्य सम्बन्धित निकायहरूलाई यस सूचनाले प्रत्यक्ष असर पार्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण