डाटा साम्राज्यवाद र अबको कम्युनिस्ट सङ्गठन
मानव सभ्यताको इतिहास परिवर्तन र रूपान्तरणको निरन्तर यात्रा हो । प्रत्येक युगमा उत्पादन प्रणाली, सामाजिक सम्बन्ध र चेतनाको स्वरूप परिवर्तन हुँदै आएको छ । कम्युनिस्ट आन्दोलनको उदय पनि त्यही ऐतिहासिक द्वन्द्वको परिणाम थियो । लेनिनले प्रस्तुत गरेको सङ्गठनात्मक सिद्धान्त, जसले २०औँ शताब्दीको आरम्भतिर विश्वव्यापी कम्युनिस्ट आन्दोलनलाई दिशा दियो, त्यो आफ्नो समयमा क्रान्तिकारी प्रभावकारी मोडल बन्यो, तर आज हामी उभिएको समय त्यतिबेलाको समाज र उत्पादन सम्बन्धभन्दा निकै फरक अवस्थामा पुगेको छ ।
अहिलेको युग प्रविधि र डाटाको सर्वोच्च प्रभावमा आधारित छ । पुँजीवादले नयाँ स्वरूप ग्रहण गरेको छ, जसलाई डिजिटल अर्थतन्त्र र प्राविधिक नियन्त्रणले अझ जटिल बनाएको छ । आजको साम्राज्यवाद केवल सैनिक शक्ति वा वित्तीय बजारमा सीमित छैन, बरु प्रविधि र डाटा सङ्कलनमार्फत मानिसको चेतना, व्यवहार र निर्णय प्रक्रियासम्म प्रवेश गरिसकेको छ । न्युरोलिङ्कजस्ता प्रविधि, कृत्रिम बुद्धिमत्ताद्वारा सञ्चालित डाटा सङ्कलन र सामाजिक सञ्जालको प्रभुत्वले मानिसलाई गहिरो स्तरसम्म नियन्त्रण गर्ने अवस्था सिर्जना गरिसकेको छ । यसरी हेर्दा आजको साम्राज्यवादलाई ‘डाटा साम्राज्यवाद’ भन्न सकिन्छ ।
यस्तो अवस्थामा कम्युनिस्ट सङ्गठनको स्वरूपलाई केवल अतीतको ढाँचामा सीमित राख्न सकिँदैन । लेनिनको समयमा प्रभावकारी बनेको गुप्त सेल प्रणाली वा सैन्यकृत अनुशासन आफ्नो समयको ऐतिहासिक मूल्य भए पनि त्यो आजको चुनौतीलाई सामना गर्न पर्याप्त छैन । आज आवश्यक छ, एक नयाँ दृष्टिकोण, जसले विज्ञान, प्रविधि र वर्तमान समाजको अन्तर्विरोधलाई गहिरो रूपमा समेट्न सकोस् ।
समाजमा देखापर्ने विद्रोहहरूलाई बुझ्दा दुई आयाम स्पष्ट देखिन्छन्— धारणागत र कमिटीगत सङ्गठन । धारणागत सङ्गठन भनेको वस्तुगत अवस्थाबाट उत्पन्न हुने स्वतःस्फूर्त चेतना हो । पुँजीवादको दबाब र शोषणविरुद्ध युवा पुस्ता सडकमा निस्कनु वा सामाजिक सञ्जालमार्फत आवाज बुलन्द गर्नु यसको उदाहरण हो तर त्यस्तो प्रतिरोधलाई दीर्घकालीन राजनीतिक कार्यक्रमसँग बाँध्ने, वैचारिक स्पष्टता दिने र ऐतिहासिक लक्ष्यतर्फ उन्मुख गराउने कार्य भने कमिटीमा आधारित सङ्गठनले मात्र गर्न सक्छ ।
त्यसैले आजको आवश्यकता यो छ कि यी दुई धारालाई एकीकृत गर्ने नयाँ सिद्धान्तको विकास । धारणागत चेतनाद्वारा पैदा हुने सङ्गठन र कमिटी सङ्गठनको संयोजन गरेर ‘एकीकृत सङ्गठनात्मक सिद्धान्त’ निर्माण नगरी वर्तमान समयको नेतृत्व सम्भव छैन । यसलाई जीवन्त बनाउन सङ्गठनले प्रवाहशील, लचिलो तर वैचारिक दृष्टिले स्पष्ट संरचना ग्रहण गर्नुपर्छ ।
भौतिक विज्ञानले देखाएझैँ संसार निरन्तर रूपान्तरणमा छ । ऊर्जा, पदार्थ र चेतना स्थिर नभई गतिशील छन् । यही दृष्टिकोणले सङ्गठनलाई पनि गतिशील बनाउन आवश्यक छ । सङ्गठन अब केवल अनुशासन वा सदस्यताको संख्यामा सीमित हुँदैन, बरु विचार, अनुसन्धान र प्रयोगात्मक कार्यका केन्द्रका रूपमा विकसित हुनुपर्नेछ ।
आजको अर्थतन्त्र पनि बहुआयामिक छ । पुँजीवाद अब केवल उद्योगमा छैन, बरु यसले डिजिटल प्रविधि, वित्तीय सट्टेबाजी, जैविक अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा गहिरो जरा गाडिसकेको छ ।
हरेक सदस्यलाई केवल आदेशपालक होइन, स्वतन्त्र सोच्ने, सिर्जनशील योगदान दिने र वैज्ञानिक अध्ययनलाई राजनीतिक कार्यक्रमसँग जोड्ने जिम्मेवारी दिन सक्नुपर्छ ।
आजको अर्थतन्त्र पनि बहुआयामिक छ । पुँजीवाद अब केवल उद्योगमा छैन, बरु यसले डिजिटल प्रविधि, वित्तीय सट्टेबाजी, जैविक अनुसन्धान र कृत्रिम बुद्धिमत्तामा गहिरो जरा गाडिसकेको छ । यसैले कम्युनिस्ट सङ्गठनले पनि यी क्षेत्रको अध्ययन नगरी सफलतापूर्वक प्रतिरोध गर्न सक्दैन । केवल राजनीतिक नाराले आजको शोषण प्रणालीलाई चुनौती दिन सम्भव छैन । सङ्गठनले वैज्ञानिक अनुसन्धानलाई अनिवार्य रूपमा आफ्नो कार्ययोजनासँग जोड्नैपर्छ ।
नेपालको सन्दर्भमा समाज अझै पनि पुँजीवाद र सामन्तवादको दोहोरो दबाबमा छ । त्यसमाथि विश्वव्यापी डिजिटल साम्राज्यवादले थप दबाब सिर्जना गरिरहेको छ । यही कारण युवा पुस्ताको स्वतःस्फूर्त विद्रोही चेतनालाई हालै जेन–जी आन्दोलनका रूपमा देख्न सकिन्छ । यो महत्त्वपूर्ण भए पनि असङ्गठित रहन्छ । पुरानो राज्य शक्तिको जग हल्लाउने क्षमता भए पनि त्यो दीर्घकालीन वैचारिक दिशामा जान सक्दैन । त्यसैले यस्तो विद्रोहलाई दीर्घकालीन ऐतिहासिक कार्यक्रमसँग जोड्ने जिम्मेवारी कम्युनिस्ट सङ्गठनले लिनुपर्छ ।
सङ्गठनको नयाँ स्वरूप ‘पार्टी’का रूपमा मात्र नभई ‘नेटवर्क’को रूपमा विकसित हुन जरुरी छ । जहाँ विचारहरूको आदानप्रदान हुन्छ, वैज्ञानिक अनुसन्धानलाई प्रयोगात्मक राजनीतिसँग जोडिन्छ र सदस्यहरूले स्वतन्त्र सोच र सिर्जनशीलतामा आधारित भएर योगदान दिन सक्छन् ।
अतः आजको समयलाई अतीतको गौरव वा पुरानो ढाँचाले मात्र बुझ्न सकिँदैन । विज्ञान, प्रविधि र नयाँ सामाजिक सम्बन्धहरूले मानिसलाई नयाँ स्तरमा पुर्याइसकेका छन् । यसैले कम्युनिस्ट सङ्गठनले पनि आफूलाई यथार्थसँग मेल खाने गरी नयाँ सिद्धान्त, नयाँ कार्यक्रम र नयाँ संरचनासहित अघि बढाउनैपर्छ । धारणागत चेतनाद्वारा पैदा हुने सङ्गठन र कमिटी प्रणालीलाई एकीकृत गरेर सङ्गठनलाई वैज्ञानिक, प्रगतिशील र विश्वसनीय स्तरमा विकास गर्न सक्ने शक्तिले मात्र अहिलेको परिस्थितिको नेतृत्व गर्न सक्षम हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्पदंशबाट कैलालीमा २९ वर्षीय युवकको मृत्यु
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण