कोटेश्वर भाटभटेनीमा मृत भेटिएका युवकको त्यो अन्तिम कल
सारांश
- कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा एक जनाको शव फेला परेको छ।
- मृतक रामेछापका २२ वर्षीय विकास रसाइली हुन्, जो आगलागीको बेला फसेका थिए।
- प्रहरीले रसाइलीको शवसँगै मोबाइल फेला पारेको छ र पोष्टमार्टमको लागि अस्पताल पठाइएको छ।
काठमाडौँ । कोटेश्वर स्थित भाटभटेनी सुपर मार्केट स्टोरमा एक जनाको शव भेटिएको छ । मृत भेटिने व्यक्ति रामेछापको खाँडादेवी गाउँपालिका वडा नम्बर–६ घर भएर ललितपुर बस्दै आएका २२ वर्षीय विकास रसाइली हुन् ।
जलेको अवस्थामा उनको अस्थिपञ्जरमात्र भेटिएको जिल्ला प्रहरी परिसर काठमाडाैँका प्रहरी उपरीक्षक (एसपी) अपिल बोहराले रातोपाटीलाई बताए ।
ललितपुरको च्यासल बस्दै आएका रसाइली भदौ २४ मा साँझ काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ स्थित कोटेश्वरमा रहेको भाटभटेनीको शाखामा आगजनी हुँदा त्यहाँ पुगेका थिए । चौथो तलामा उनी पुग्दा तलबाट उनीसँगै गएका अरू प्रदर्शनकारीहरूले आगो लगाए ।
आगोको लप्काको कारण ओर्लिन नसक्ने भएपछि उनले *साथीलाई फोन गरेर भने, ‘म भाटभटेनीको ४ तला माथि ट्रयापमा परेँ ।’
त्यो कल उनको अन्तिम कल थियो । प्रहरीले उनको शवसँगै एउटा मोबाइल फेला पारेको छ । मोबाइलको प्राविधिक जाँच गर्दा रसाइलीकै रहेको पुष्टि भएको एसपी बोहराले जानकारी दिए ।
बुधबार सरसफाइ गर्दा चौथो तलामा उनको अस्थिपञ्जर फेला परेको हो । शव पोष्टमार्टमको लागी त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । मृतकका बुबा पूर्णबहादुर रसाइली प्रहरीको सम्पर्कमा गएका छन् ।
*यसअघि प्रकाशित समाचार अन्यथा भएकोले सच्याइएको छ -सम्पादक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण