भर्चुअल के–पप स्टारको मानमर्दन गर्दा जरिवाना
शुक्रबार, ०३ असोज २०८२, १४ : ११
सारांश
- दक्षिण कोरियाको अदालतले भर्चुअल के-पप स्टारको मानहानि गरेको आरोपमा एक सामाजिक सञ्जाल प्रयोगकर्तालाई जरिवाना तिर्न आदेश दिएको छ।
- प्लेभ नामक भर्चुअल के-पप ब्यान्डका सदस्यमाथि अनलाइनमा भद्दा टिप्पणी गरेपछि मुद्दा दायर भएको थियो।
- यो फैसला भर्चुअल के-पप स्टारसँग सम्बन्धित दक्षिण कोरियाको पहिलो अदालती निर्णय हो, जहाँ भर्चुअल पप स्टारहरूको लोकप्रियता बढ्दैछ।
सोल। दक्षिण कोरियाको एक अदालतले भर्चुअल के–पप स्टारको मानमर्दन गरेको आरोपमा एक सामाजिक सञ्जाल प्रयोगकर्तालाई ५ लाख कोरियाली वन जरिवाना तिर्न आदेश दिएको छ।
'प्लेभ' (PLAVE) नामक पाँच सदस्यीय भर्चुअल के–पप ब्यान्डका एक सदस्यलाई अनलाइनमा भद्दा टिप्पणी गरेपछि उक्त मुद्दा परेको थियो। मोशन क्याप्चर प्रविधि प्रयोग गरी एनिमेट गरिएका यी सदस्यहरूको एजेन्सीले गएको वर्ष मानमर्दन गरेको भन्दै मुद्दा दायर गरेको थियो। यो फैसला भर्चुअल के–पप स्टारसँग सम्बन्धित दक्षिण कोरियाको पहिलो अदालती निर्णय हो।
दक्षिण कोरियामा भर्चुअल पप स्टारहरूको लोकप्रियता बढ्दै गएको छ। सन् २०२३ मा डेब्यू गरेको प्लेभलाई त्यहाँको सबैभन्दा सफल भर्चुअल समूह मानिन्छ। यसको युट्युब च्यानलमा १० लाखभन्दा बढी फलोअर छन् र यो समूह नियमित रूपमा संगीत अवार्डका लागि मनोनयनमा पर्दै आएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण