भारतको नयाँ एयरपोर्ट ‘भूतिया’ भएको दाबी गरेपछि युट्युबर पक्राउ
सारांश
- भारतमा ५ लाखभन्दा बढी फलोअर्स भएका एक युट्युबरलाई डर फैलाएको आरोपमा पक्राउ गरिएको छ।
- युट्युबरले गोवाको नयाँ विमानस्थललाई 'भूतिया' दाबी गर्दै शव जलाउने ठाउँमा बनेको र असामान्य गतिविधि हुने बताएका थिए।
- प्रहरीले युट्युबरले डर फैलाएर अनलाइन उपस्थिति बढाउन खोजेको र झूटा आरोप लगाएको आरोप लगाएको छ।
गोवा । भारतमा ५ लाखभन्दा बढी फलोअर्स भएका एक युट्युबरलाई हालै पक्राउ गरिएको छ। एउटा प्रमुख भारतीय विमानस्थल ‘भूतिया’ भएको दाबी गरेर मानिसमा डर फैलाएको आरोपमा उनी पक्राउ परेका हुन्।
‘अक्षय वशिष्ठ’ नामक ती युट्युबर, जसको युट्युब च्यानलमा ५ लाख ७२ हजारभन्दा बढी सब्सक्राइबर छन्, लाई दिल्लीबाट गोवा प्रहरीले गिरफ्तार गरेको हो। उनले आफ्नो भिडियोमा गोवाको सबैभन्दा नयाँ विमानस्थल, मनोहर अन्तर्राष्ट्रिय विमानस्थललाई ‘भूतिया’ भनी चित्रण गरेका थिए। उनले उक्त विमानस्थल ‘शव जलाउने ठाउँ’ मा बनाइएको र त्यहाँ ‘असामान्य गतिविधि’ हुने गरेको दाबी गरेका थिए।
गोवा प्रहरीको सामाजिक सञ्जाल अनुगमन कक्षले वशिष्ठको ‘ईभिल हन्टेड गोवा एयरपोर्ट’ शीर्षकको भिडियो फेला पारेपछि उनलाई पक्राउ गरिएको हो। प्रहरीका अनुसार, वशिष्ठको क्लिपमा ‘झूटा, दुर्भावनापूर्ण र अन्धविश्वासी आरोप’ हरू थिए, जसको उद्देश्य मानिसहरूमा डर फैलाएर आफ्नो अनलाइन उपस्थिति बढाउनु थियो।
उनले आफ्नो भिडियोमा विमानस्थलका कर्मचारीहरूले ‘असामान्य गतिविधि’ रिपोर्ट गरेको, र विमान चालकहरूले रातमा विमान उडाउन अस्वीकार गरेको दाबी गरेका थिए।
यसका पछाडि रनवेमा ‘रातो साडी लगाएकी एक रहस्यमय महिला’ को भूत देखिएको भन्दै उनले कथाहरू सुनाएका थिए। उनीमाथि आफ्नो कथालाई ‘वैधानिकता’ दिनका लागि आफ्ना सब्सक्राइबरका ‘झूटा’ बयानहरू पनि सुनाएको आरोप लागेको छ।
गिरफ्तारीपछि वशिष्ठले सेप्टेम्बर १८ मा आफ्नो इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै गिरफ्तारी ‘अनावश्यक’ र ‘अवैध’ भएको बताएका थिए, साथै उनले प्रहरीले आफूलाई ‘दुर्व्यवहार’ गरेको दाबी गरेका छन्।
वशिष्ठको युट्युब च्यानल मुख्यतया भारतकेन्द्रित भूतका कथाहरू सुनाउने र त्यसलाई नाटकीय शैलीमा प्रस्तुत गर्ने भिडियोका लागि लोकप्रिय रहेको जनाइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण