बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तस्बिरमा हेर्नुहोस् धुलिखेल–खावा सडकको दुर्दशा

बुधबार, ०८ असोज २०८२, ०९ : ०६
बुधबार, ०८ असोज २०८२

सारांश

  • धुलिखेल-खावा सडक निर्माण लामो समयसम्म नसकिँदा चाडपर्वमा यात्रुहरूले सास्ती भोग्नु परेको छ।
  • सडक निर्माणमा ढिलाइ हुनुको कारण निर्माण व्यवसायीको लापरबाही र सुख्खा पहिरो हो।
  • काठमाडौँ जोड्ने वैकल्पिक मार्गको रूपमा रहेको यो सडकखण्डमा दैनिक हजारौँ यात्रुको आवतजावत हुने गर्छ।

काभ्रे । निर्माण सुरु भएको वर्षौँ भइसक्दा पनि धुलिखेल–खावा सडक निर्माण सम्पन्न हुन नसक्दा चाडपर्वको बेला पनि यात्रुले सास्ती पाइरहेका छन् । अझ सुख्खा पहिरोका कारण घण्टौँ जाममा पर्नुपर्ने अवस्था आए पनि अरनिको राजमार्ग अन्तर्गतको यो सडकखण्डमा यात्रा गर्ने यात्रु थप मारमा पर्ने गरेका छन् । 

काठमाडौं जोड्ने वैकल्पिक राजमार्गको रूपमा रहेको यो सडकखण्डबाट दैनिक जसो हजारौँ यात्रु दोलखा, सिन्धुपाल्चोक र तातोपानी जाने आउने गर्छन् । 

dhulikhel khawa sadak (2)

१२ मिटर चौडा र मालबाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै सडक मजबुत बनाउन नयाँ प्रविधि प्रयोग गर्ने योजना सहितको यो ४ किलोमिटर सडक खण्ड ४ वर्षमा पनि बन्न सकेको छैन ।

dhulikhel khawa sadak (3)

सरकारको योजना अनुसार यो सडकमा नेपालमै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डीबीएम र आस्फाल कालोपत्रे गर्ने बताइएको थियो । 

dhulikhel khawa sadak (4)

तर, निर्माण व्यवसायीको लापरबाहीले धुलिखेल-खावा खण्डको ४ किलोमिटर सडक ४ वर्षसम्म पनि निर्माण हुन सकेन । जसका कारण ३ मनसुन भोगेको यो सडकले वर्षाका अलावा अरु समयमा पनि यात्रुलाई सास्ती दिने गरेको छ ।

dhulikhel khawa sadak (5)dhulikhel khawa sadak (6)dhulikhel khawa sadak (7)dhulikhel khawa sadak (8)dhulikhel khawa sadak (9)dhulikhel khawa sadak (10)dhulikhel khawa sadak (11)dhulikhel khawa sadak (12)dhulikhel khawa sadak (13)dhulikhel khawa sadak (14)dhulikhel khawa sadak (15)dhulikhel khawa sadak (16)dhulikhel khawa sadak (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप