दसैँको दिनबाहेक अन्य दिन अध्यागमन विभागले सेवा जारी राख्ने
बिहीबार, ०९ असोज २०८२, ०४ : १४
सारांश
- अध्यागमन विभागले दसैँको बिदामा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ।
- विजयादशमीको दिन बाहेक अन्य दिनमा बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म सेवा दिइनेछ।
- विभागका अनुसार, यो सेवा १६ गते विजयादशमीको दिनमा उपलब्ध हुने छैन।
काठमाडौँ । अध्यागमन विभागले बडादसैँको सार्वजनिक बिदाको अवधिमा दसैँको दिनबाहेक अन्य दिनमा पर्यटक भिसा र एजेन्सी शाखा खुला राख्ने भएको छ ।
यही असोज १६ गते विजयादशमीका दिनबाहेक अन्य दिनमा बिहान ११ः०० बजेदेखि दिउँसो १ः०० बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखाबाट प्रदान गरिने सेवा सञ्चालन गरिने विभागले जनाएको हो।
विभागका अध्यागमन अधिकृत शिवकुमार अधिकारीले एक सूचना प्रकाशित गरी यस अवधिमा हुने सार्वजनिक बिदामा मुख्य दिनबाहेक सबै दिनमा सेवा सञ्चालनमा रहने जानकारी दिएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण