कांग्रेसका युवा नेताहरूले भने– मंसिरभित्र नियमित महाधिवेशन गरौँ
सारांश
- नेपाली कांग्रेसका युवा नेताहरूले मंसिरभित्र पार्टीको महाधिवेशन गर्न माग गरेका छन्।
- युवा नेताहरूले आगामी निर्वाचनमा ४० प्रतिशत युवा उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका छन्।
- नेताहरूले सुशासन, भ्रष्टाचार नियन्त्रण र द्रुत विकासका एजेन्डाहरूमाथि पार्टीको ध्यान केन्द्रित गर्नुपर्ने बताए।
काठमाडौँ । नेपाली कांग्रेसका तेस्रो तहका युवा नेताहरूले आगामी मंसिरभित्र नियमित महाधिवेशन गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै युवा नेताहरूले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले उठाएका मागहरूलाई समर्थन गर्दै पार्टीको १५ औँ महाधिवेशन २०८२ मंसिरभित्रै सम्पन्न गर्न माग गरेका हुन् ।
उनीहरूले आगामी निर्वाचनमा ४० प्रतिशत युवा उम्मेदवारको प्रतिनिधित्व सुनिश्चित गर्न पनि माग गरेका छन् । पत्रकार सम्मेलनमा नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष तथा पूर्व सांसद रञ्जित कणले २०४६ सालपश्चात् राज्यको कार्यकारी पदमा रहेका नेता, कर्मचारी तथा अन्य विशिष्ट पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय छानबिन समिति निर्माण गरी कारबाही गर्न माग गरे । सम्मेलनमा बाडिएको प्रेस विज्ञप्तिमा सुशासन, भ्रष्टाचार नियन्त्रण र द्रुत विकास लगायतका एजेन्डाहरूमाथि पार्टीको ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख छ ।
जेनजी आन्दोलनले देशको राजनीतिक अवस्थामा ल्याएको परिवर्तनलाई स्वीकार गर्दै बहुलवादमा आधारित संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानको रक्षाका लागि कांग्रेस लाग्नुपर्ने कर्णले बताए ।
विज्ञप्तिमा कांग्रेस सभापति शेरबहादुर देउवा एवं केन्द्रीय सदस्य आरजु राणा देउवाको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ । आन्दोलनका क्रममा भदौ २४ गते उनीहरूमाथि भएको आक्रमण गरिएको थियो । उनीहरूमाथि साङ्घातिक हमला र हत्या प्रयास गर्नेमाथि कारबाही गर्न नेताहरूले माग गरेका छन् । पत्रकार सम्मेलनमा दीपक भट्टराई, नविन राई, पुष्प शाह, मनहरि श्रेष्ठलगायत नेताहरू थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण