कार्की नेतृत्वको जाँचबुझ आयोगको पहिलो निर्णय : मानवीय र भौतिक क्षतिको विवरण सङ्कलन गर्ने
काठमाडौँ । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोगले जेनजी प्रदर्शनमा भएकाे मानवीय र भौतिक क्षतिको विवरण सङ्कलन गर्ने पहिलो निर्णय गरेको छ ।
जलवायु तथा विज्ञान विभागको भवन, बबरमहलमा आफ्नो कार्यालय स्थापना गरेर आयोगले क्षतिको विवरण सङ्कलन र माग गर्ने निर्णय गरेको हो ।
आयोगले विभिन्न निकायहरूलाई केन्द्र तोकेर क्षतिको विवरण ती निकायबाट सङ्कलन गर्ने निर्णय गरेको बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
सर्वोच्च र देशभरका अदालतले सर्वोच्च अदालतमार्फत आयोगलाई विवरण बुझाउने छन् । नेपाल सरकार अन्तर्गतका निकायहरूमा भएको क्षतिको विवरण गृह मन्त्रालयमार्फत विवरण बुझाउनेछन् । प्रदेश हकको क्षतिमा मुख्यमन्त्रीको कार्यालय मार्फत बुझाउनेछन् ।
स्थानीय सरकारका लागि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तोकिएको छ । व्यापारिक प्रतिष्ठान र निजी सम्पत्ति क्षति हुनेले सोझै विवरण पठाउन पाउनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण