लुटपाटमा संलग्नताको आरोपमा १० जना पक्राउ
सारांश
- काभ्रेपलाञ्चोकमा 'जेनजी' प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जना पक्राउ परेका छन्।
- पक्राउ परेका व्यक्तिहरूको साथबाट हतियार र गोली बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
- प्रहरीले विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई पनि पक्राउ गरेको छ।
काभ्रेपलाञ्चोक । ‘जेनजी’ प्रदर्शनका क्रममा लुटपाटमा संलग्न भएको आरोपमा १० जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते प्रहरी कार्यालयबाट लुटिएका हातहतियारसहित उनीहरुको साथबाट हतियार र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ स्थित लायकु बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई पक्राउ गरिएको छ । उनको साथबाट एक थान कटुवा पेस्तोल र ३६ राउण्ड गोली बरामद गरिएको छ ।
त्यसैगरी हातहतियारको ७३० राउण्ड गोलीसहित सोही वडाकै २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर, १५ वर्षीय एक बालक पक्राउ परेका छन् ।
गोलीसहित पक्राउपर्नेमा काभ्रेपलाञ्चोककै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनाएको छ ।
यसैगरी, धुलिखेल नपा–१ का रमेश तामाङलाई पनि पक्राउ गरेको जनाएको छ । उनले इलाका प्रहरी कार्यालय बनेपाबाट लुटपाट गरी हतियार लगेर प्रदर्शन गर्दै टिकटकसमेत बनाएको आरोप छ ।
लुटिएको हतियार तथा गोलीसहित पक्राउबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कोमल शाहले बताए । यसैगरी यस अवधिमा विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई प्रहरीले काभ्रेपलाञ्चोकबाट पक्राउ गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण