तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराउनुको विकल्प छैन : रुपेश पाण्डेय
सारांश
- पर्सा ३ का युवा नेता रुपेश पाण्डेयले निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताए।
- उनले जेनजी आन्दोलनलाई परिवर्तनको मार्गदर्शक भन्दै ७५ भन्दा बढीको मृत्युलाई हत्याको संज्ञा दिए।
- पाण्डेयले सुशासन र भ्रष्टाचार नियन्त्रण तथा शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासमा जोड दिए।
पर्सा । प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा पर्सा ३ का प्रभावशाली युवा नेता रुपेश पाण्डेयले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नभएको बताएका छन् ।
पर्सा ३ बाट उम्मेदवारका रूपमा चर्चामा समेत रहेका पाण्डेयले मुलुक फेरि राजनीतिक स्थायित्वका लागि तोकिएकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । उनका अनुसार, सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार नै निर्वाचनका लागि बनेकाले जसरी भए पनि निर्वाचन सम्पन्न गर्नुपर्नेछ ।
हालै सम्पन्न जेनजी आन्दोलनलाई पाण्डेयले परिवर्तनको मार्गदर्शकका रूपमा व्याख्या गरे । आन्दोलनमा ७५ भन्दा बढी विद्यार्थी र युवाको प्रहरीको गोली लागेर मृत्यु भएको उल्लेख गर्दै उनले त्यसलाई हत्या ठहर गरे र तत्कालीन प्रधानमन्त्री तथा गृहमन्त्रीलाई जिम्मेवार ठहर गर्नुपर्ने बताए ।
उनले आन्दोलनको मर्मअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई अब अनिवार्यरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । 'अब नयाँ पुस्ताले काम गर्ने नेतृत्व खोजिरहेको छ, पुराना नेताहरूबाट जनताले अपेक्षा गर्न छाडेका छन्,' उनले भने ।
निर्वाचनमा होमिने तयारीमा रहेका पाण्डेयले विकासमै ध्यान केन्द्रित गर्ने समेत बताए। 'म शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमा ध्यान दिन्छु,' उनले भने, 'यस क्षेत्रमा किसानले मल पाउने समस्या, उत्पादनको बजार अभाव, कोल्ड स्टोरको आवश्यकता लगायतका विषय तत्काल सम्बोधन गर्नुपर्छ ।'
उनले विद्यालयमा अध्यापनको गुणस्तर, स्वास्थ्य चौकीको सेवा, बाटोघाटोको अवस्था सुधारलाई प्राथमिक एजेन्डा बनाउने बताए । साथै कृषिको प्रवर्धनका लागि सरकारी तहको सहयोगसहित सहजीकरण गर्ने योजना रहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण