भागदौड मामिलामा पक्राउ पर्लान् विजय ?
आइतबार, १२ असोज २०८२, १३ : ३१
सारांश
- तमिलनाडुको करुरमा अभिनेता विजयको र्यालीमा भागदौड हुँदा चार जनाविरुद्ध मुद्दा दायर गरिएको छ।
- टिभीकेका महासचिव एन आनन्दविरुद्ध पनि मुद्दा दायर गरिएको छ, घटनामा मृत्यु भएको थियो।
- मुख्यमन्त्री एमके स्टालिनले अनुसन्धान समिति गठन गरिएको र अनुसन्धानपछि कारबाही हुने बताए।
नयाँ दिल्ली । तमिलनाडुको करुर भागदौड घटनामा चार जना विरुद्ध मुद्दा दायर गरिएको छ । तमिलागा भेट्टी कझगम (टिभीके)का अध्यक्ष तथा अभिनेता विजयको र्यालीमा भएको भागदौडको घटनामा मृत्युको सम्बन्ध्मा टिभीकेका महासचिव एन आनन्दविरुद्ध पनि मुद्दा दायर भएको छ ।
यस घटनामा टिभीकेका अध्यक्ष विजय पक्राउ पर्लान् त भनेर एक पत्रकारले तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनलाई सोधेका थिए ।
यसको जवाफमा सीएम स्टालिनले भने, ‘उच्च अदालतका एक सेवानिवृत्त न्यायाधीशको नेतृत्वमा एक अनुसन्धान समिति गठन गरिएको छ र अनुसन्धान पूरा भएपछि यसले जवाफ दिनेछ । यसैबीच, तपाईंले सोधिरहनुभएको जस्तो, म राजनीतिक उद्देश्यका लागि केही भन्न चाहन्न ।’
समितिको अनुसन्धानले सत्य प्रकट गर्ने अनि त्यसैको आधारमा उपयुक्त कारबाही गरिने पनि उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण