हिमाचल प्रदेशः पहिरोमा बस पुरिँदा कम्तीमा १८ जनाको मृत्यु
सारांश
- बिलासपुरमा पहिरोमा परी एउटा निजी बस पुरिँदा १८ जनाको मृत्यु भएको छ।
- दुर्घटना मंगलबार साँझ बालूघाटनजिक भएको थियो, जसमा बस मरोटनबाट घुमारवी जाँदै थियो।
- मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूले घटनाप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारलाई सहयोगको आश्वासन दिएका छन्।
बिलासपुर । हिमाचल प्रदेशको बिलासपुरमा एउटा निजी बस पहिरोको चपेटामा पर्दा बसमा सवार १८ जनाको मृत्यु भएको छ।
यो दुर्घटना मंगलबार साँझ करिब साढे ६ बजे बालूघाटनजिक भएको हो।
बस मरोटनबाट घुमारवी जाँदै गर्दा पहाडबाट अचानक पहिरोको लेदो खसेर बसलाई पुरेको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार अचानक खसेको पहिरोकोका कारण बस पूर्ण रूपमा दबिएर खोलाको किनारमा खस्यो। बसभित्रका सबै यात्रु लेदोले पुरिए।
समाचार तयार पार्दासम्म बसभित्रबाट १८ जनाको शव निकालिसकिएको छ। उद्धार र राहत कार्य तीव्र गतिमा जारी छ।
यो भयानक दुर्घटनामा दुई बालिका र एक बालकलाई सुरक्षित रूपमा बचाइएको छ। तर, तीमध्ये एक बालिकाको आमाको भने दुर्घटनामा मृत्यु भएको छ।
उता, मुख्यमन्त्री सुखविंदर सिंह सुक्खूले घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् र प्रभावित परिवारहरूलाई हर सम्भव सहयोग गर्ने आश्वासन दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण