भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनको वातावरण बनाउन ऊर्जा मन्त्रालयले लेख्यो गृहलाई पत्र
सारांश
- भोटेकोशी जलविद्युत आयोजना सञ्चालनका लागि ऊर्जा मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेखेको छ।
- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) ले जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै मन्त्रीको ध्यानाकर्षण गराएको थियो।
- सिन्धुपाल्चोकमा जेनजी ग्रुपको सेयर मागसहितको अवरोधका कारण ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजना एक महिनादेखि बन्द छ।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले एक महिनादेखि बन्द रहेको भोटेकोशी जलविद्युत् आयोजना सञ्चालनको वातावरण बनाईदिन भन्दै गृह मन्त्रालयलाई पत्र लेखेको छ ।
ऊर्जा मन्त्रालयका प्रवक्ता सन्दीप कुमार देवले ऊर्जा व्यवसायीहरुले आयोजना सञ्चालनको माग गरेकाले मन्त्रालयले आयोजना सञ्चालनको वातावरण बनाउन गृहलाई पत्र लेखेको जानकारी दिए ।
उनका अनुसार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले पछिल्लो समयमा जलविद्युत आयोजनामा सुरक्षाको खतरा बढेको भन्दै ऊर्जा जलस्रोत तथा सिँचाई मन्त्रीलाई ध्यानाकर्षण गराएको थियो ।
इप्पानको माग अनुसार ऊर्जा मन्त्रालयले गृह मन्त्रालयलाई पत्र लेख्दै यस्तो आग्रह गरेको प्रवक्ता देवको भनाइ छ । ऊर्जा मन्त्रालय स्रोतका अनुसार इप्पानले मन्त्रीलाई ध्यानाकर्षण गराएसँगै सचिवले आयोजना सञ्चालनको वातावरण बनाउन निर्देशन दिएका थिए ।
एक एक महिनादेखि भोटेकोशी गाउँपालिका जेनजी ग्रुपको नाममा १० प्रतिशत निःशुल्क सेयर लगायतका माग राखेर सिन्धुपाल्चोक जिल्लामा निर्माण सम्पन्न ४५ मेगावाटको भोटेकोशी जलविद्युत आयोजना बन्द अवस्थामा रहेको छ । जेनजीहरुको नाममा सित्तैमा आयोजनाको १० प्रतिशत सेयर पाउनु पर्ने माग गर्दै विगत २८ दिनदेखि विद्युत् गृह बन्द गरेका छन् ।
इप्पान अध्यक्ष गणेश कार्कीले गृह र ऊर्जा मन्त्रीलाई पछिल्लो समयमा निर्माण सम्पन्न, निर्माणाधीन र निर्माणमा जान लागेका आयोजनाहरूमा सरकारको नीति र कानुन विपरीत १० प्रतिशत निःशुल्क सेयर माग्ने तथा ती आयोजनाहरूमा अवरोध गर्ने कार्यहरू बढेकोले सरकारसँग सुरक्षा माग गरेका थिए ।
अध्यक्ष कार्कीले दिएको पत्रमा नेपालको आर्थिक समृद्धिका लागि प्रमुख र महत्त्वपूर्ण क्षेत्रको रूपमा रहेको ऊर्जा क्षेत्रको आवश्यकता र महत्वलाई हृदयगम गरी लगानीकर्ताहरूलाई ढुक्क भई लगानीको वातावरण निर्माण गर्न आग्रह गरेका थिए ।
इप्पानले आयोजनामा हुने अवरोधले आयोजनाको लागत र समय बढ्नुका साथै निजी क्षेत्रको लगानीलाई पूर्ण रूपमा निरुत्साहित बनाउने जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण