विश्व अन्डा दिवस मनाउँदै गर्दा...
हरेक वर्ष अक्टोबरको दोस्रो शुक्रबार अन्डा दिवस मनाउने गरिन्छ । यस वर्षको हकमा अक्टोबर १० वा असोज २४ गते २९औँ विश्व अन्डा दिवस मनाइँदै छ, ‘प्राकृतिक पोषणले भरिपूर्ण ः शक्तिमान अन्डा’ भन्ने नाराका साथ । मानिसलाई पोषण दिन अन्डाले खेल्ने भूमिकाबारे र यसको उत्पादन वृद्धिबारे यस दिवसमा चर्चा गर्ने गरिन्छ ।
सन् १९९६ मा अस्ट्रियाको भियनामा भएको एक सम्मेलनमा अन्तर्राष्ट्रिय अन्डा आयोगद्वारा विश्व अन्डा दिवस मनाउने निर्णय भएको थियो । यस दिवसमा अन्डाको महत्त्वलाई उजागर गर्न विभिन्न कार्यक्रम तथा जनजागरण अभियान सञ्चालन गरिन्छ । यस्तै अन्डाका परिकार र फाइदाबारे प्रचारप्रसार गर्ने जनचेतनामूलक कार्यक्रम चलाइन्छ ।
नेपालमा सन् २०१७ (२७ असोज २०७४) देखि औपचारिक रुपमा विश्व अन्डा दिवस मनाउन थालिएको हो । त्यसयता हरेक वर्ष विभिन्न आकर्षक र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरी यस दिवसलाई मनाउने गरिएको छ । यस वर्ष पनि नेपाल भेटेरिनरी एसोसिएसन र नेपाल लेयर्स कुखुरापालक संघको संयुक्त आयोजनामा चितवनको भरतपुरमा एकदिने राष्ट्रिय स्तरको गोष्ठी आयोजना गरिएको छ ।
सन्तुलित पोषणका कारणले गर्दा ‘प्रकृतिको उत्तम खाद्य’ पदार्थका रूपमा अन्डा लोकप्रिय छ । अन्डामा क्यालोरी कम हुन्छ भने पोषक तत्त्व प्रशस्त मात्रामा हुन्छ । यस कारण अन्डा सबै उमेर समूहका लागि उपयुक्त छ । अन्डामा विद्यमान प्रोटिन (ऊर्जाको उत्कृष्ट उपलब्धता) ले विकासशील क्षेत्रका मानिसमा कुपोषण रोक्न सकिन्छ ।
अन्डा एक बहुआयामिक प्राकृतिक पोषणले भरिएको मूल्यवान खाद्य पदार्थ हो, जसमा मानिसलाई आवश्यक कम्तीमा १३ प्रकारका अत्यावश्यक पोषक तत्त्व हुन्छन् । अन्डाले विशेषतः मानव शरीर निर्माणका साथै रोग प्रतिरोधात्मक क्षमता निर्माण गर्ने महत्त्वपूर्ण प्रोटिन प्रदान गर्छ । एउटा ५० देखि ६० ग्रामको रातो कुखुराको अन्डामा सरदर ६.५ ग्राम प्रोटिन तथा ०.५ ग्राम कार्बोहाइड्रेट पाइन्छ । यस्तै, अन्डामा महत्त्वपूर्ण खनिज (जस्तै: म्याग्नेसियम, पोटासियमका साथै भिटामिन डी, भिटामिन ई, ओमेगा थ्री, कोलिन र एन्टीअक्सिडेन्ट) पाइन्छ ।
विश्वमा अन्डा उत्पादन गर्ने देशको सूचीमा नेपाल ९२औँ स्थानमा छ भने एक नेपालीले वार्षिक रूपमा सरदर ६१ गोटा अन्डा खपत गर्ने गरेको छ ।
विश्वमा अन्डा उत्पादन गर्ने देशको सूचीमा नेपाल ९२औँ स्थानमा छ भने एक नेपालीले वार्षिक रूपमा सरदर ६१ गोटा अन्डा खपत गर्ने गरेको छ । नेपाल लेयर्स कुखुरापालक संघका अनुसार हाल नेपालमा लगभग ६०० देखि ७५० व्यावसायिक लेयर्स कुखुरा फार्म मात्र सञ्चालनमा छन् । विगत एक दशकअघि नेपालमा हजारौँको संख्यामा व्यावसायिक लेयर्स कुखुरा फार्म थिए तर कोरोना महामारीपछि आर्थिक मन्दीका कारण त्यो संख्या घट्न पुग्यो ।
वर्तमान अवस्थामा नेपालमा सातवटा लेयर्स चल्ला उत्पादन गर्ने ह्याचरी सञ्चालनमा छन्, जसबाट सबै गरी लगभग एक लाख व्यावसायिक लेयर्स पोथी चल्ला प्रतिहप्ता उत्पादन भइरहेका छन् । ती व्यावसायिक लेयर्स कुखुरा फार्मबाट हाल दैनिक सरदर ४५ देखि ५० लाख गोटा (२२,००० देखि २३,५०० कार्टुन वा पेटी) अन्डा उत्पादन भइरहेका छन् ।
नेपाल भेटेरिनरी पोल्ट्री एसोसिएसनका अनुसार नेपालमा सबैभन्दा सानो संख्याको व्यावसायिक लेयर्स कुखुरा फार्ममा ५०० थान कुखुरा पालिएको पाइन्छ भने सबैभन्दा बढी ६ लाख लेयर्स कुखुरा पालिएका अत्याधुनिक लेयर्स फार्म सञ्चालनमा छन् । क्षमता र प्रविधिको हिसाबमा हेर्दा नेपालीलाई पोषणका लागि चाहिने अन्डा उत्पादन गर्ने क्षमता नेपाली अन्डा उद्योगसँग विकास भइसकेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अविरल वर्षापछि लालबकैया नदीमा बाढीको जोखिम
-
खुकुरीसहित आक्रमणको प्रयास गर्ने ४ युवक पक्राउ
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण