तोडफोडका घटनामा संलग्न भएको अभियोगमा काभ्रेमा थप एघार जना पक्राउ
सारांश
- काभ्रेमा 'जेनजी' प्रदर्शनका क्रममा तोडफोड, आगजनी र अन्य घटनामा संलग्न भएको आरोपमा थप ११ जना पक्राउ परेका छन्।
- जिल्ला अदालत र प्रशासन कार्यालयबाट धरौटीमा रिहा भएलगत्तै उनीहरूलाई प्रहरीले पुनः पक्राउ गरी अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ।
- पक्राउ परेकाहरूमध्ये एक जना राजधानीको बैंक लुटपाटमा संलग्न थिए भने यसअघि ३७ कैदीबन्दीलाई पनि पक्राउ गरिएको थियो।
काभ्रेपलान्चोक । गत भदौ तेस्रो साता भएको ‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेमा तोडफोड ,आगजनी तथा अन्य घटनामा संलग्न भएका अभियोगमा थप एघारलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । उनीहरूलाई जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालयबाट धरौटीमा रिहा भए लगत्तै पुनः पक्राउ गरेको हो ।
धरौटी बुझाए लगत्तै प्रहरीले सोही स्थानबाट पक्राउ गरी पुनः अभद्र व्यवहारमा मुद्दा दर्ता गरेको छ । जिल्ला अदालतबाट आठ जना र प्रशासन कार्यालयबाट तीन जनालाई धरौटीमा छाड्ने आदेश भएपछि उनीहरूलाई पुनः पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । पक्राउ परेका सबैलाई इलाका प्रहरी कार्यालय बनेपाले अभद्र व्यवहारमा शुक्रबार म्याद थप गरेको हो ।
पक्राउ परेका सबै प्रहरी कार्यालय लुटपाट, तोडफोड र आगजनीमा संलग्न भएको जनाइएको छ । पक्राउ परेकामध्ये एकजना राजधानीमा बैङ्कमा भएको नगद र सुन लुटपाटमा संलग्न भएका थिए ।
यसअघि आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ३७ कैदीबन्दीलाई प्रहरीले काभ्रेबाट पक्राउ गरी सम्बन्धित कारागार पठाइएको जनाएको थियो । पक्राउ परेकामध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नख्खु कारागारका तीन र सिन्धुली कारागारका दुई जना रहेका थिए ।
कार्यालयका अनुसारअनुसार नियन्त्रणमा लिई धुलिखेस्थित हिरासतमा राखिएका कर्तव्य ज्यान मुद्दाका १२, जबरजस्ती करणीका नौ, लागुऔषधका चार, चोरीका चार, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका दुई, ठगीका दुई, मानव बेचबिखनका एक तथा ‘ओभर स्टे’ एक जनालाई सम्बन्धित कारागार कार्यालयमा पठाइएको हो ।
‘जेनजी’ प्रदर्शनका क्रममा काभ्रेका चार जना काठमाडौँमा मारिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण