अमेरिकी पूर्व राष्ट्रपति बाइडेनको प्रोस्टेट क्यान्सरको उपचारका लागि ‘रेडिएसन थेरापी’ दिँइँदैः प्रवक्ता
सारांश
- पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको उपचारका लागि विकिरण र हार्मोन थेरापी लिइरहेका छन्।
- मेमा ८२ वर्षीय बाइडेनलाई हड्डीमा फैलिएको प्रोस्टेट क्यान्सरको आक्रामक रूप पत्ता लागेको थियो।
- बाइडेनले सन् २०२४ मा ट्रम्पसँगको बहसमा कमजोर प्रदर्शनपछि चुनावबाट बाहिरिएर ह्यारिसलाई समर्थन गरेका थिए।
वासिङ्टन। अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेनले प्रोस्टेट क्यान्सरसँग लड्न विकिरण र हार्मोन थेरापी लिइरहेको उनका प्रवक्ताले जानकारी गराएका छन् ।
“प्रोस्टेट क्यान्सरको उपचार योजनाको एक भागको रूपमा, राष्ट्रपति बाइडेन हाल ‘रेडिएसन थेरापी’ र हर्मोन उपचार गराइरहनुभएको छ,” उनले भने।
गत मे महिनामा ८२ वर्षीय पूर्व राष्ट्रपतिको कार्यालयले बाइडेनलाई हड्डीसम्म फैलिएको प्रोस्टेट क्यान्सरको आक्रामक रूप पत्ता लागेको घोषणा गरेको थियो ।
“क्यान्सरले हामी सबैलाई छुन्छ। तपाईँमध्ये धेरैले जस्तै जिल र मैले पनि थाहा पाएका छौँ कि हामी पीडा सहनका लागि सबैभन्दा बलियो स्थानमा छौँ,” बाइडेनले भने । स्मरण रहोस्, पूर्व राष्ट्रपति बाइडेनका छोरा ब्यू बाइडेनको सन् २०१५ मा क्यान्सरका कारण मृत्यु भएको थियो।
“हाम्रा लागि प्रेम र सहयोगसहित प्रार्थना गरिदिनुभएकोमा सबै शुभेच्छुकलाई धन्यवाद छ,” उनले भने ।
गत वर्ष डोनाल्ड ट्रम्पविरुद्ध दोस्रो पटक राष्ट्रपति पदका लागि चुनाव प्रचार गर्दा बाइडेनको स्वास्थ्य बिग्रँदै गएको अनुभव गरिएको थियो ।
सन् २०२४ जुलाईमा बाइडेनले ट्रम्पसँगको बहसमा कमजोर प्रदर्शनपछि उनी दौडबाट बाहिरिने घोषणा गरेका थिए र राष्ट्रपति पदका लागि उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेका थिए ।
डेमोक्र्याटिक नेता ह्यारिसले छोटो समयमा राष्ट्रपति ट्रम्पसँगको प्रतिस्पर्धालाई उत्कर्षमा लगे पनि अन्ततः ट्रम्पसँग पराजित भएकी थिइन भने ट्रम्पले सन् २०२५ को जनवरीदेखि आफ्नो दोस्रो कार्यकाल सुरु गरेका थिए।
अमेरिकी अवुध रोग समाज (क्यान्सर सोसाइटी) का अनुसार प्रोस्टेट क्यान्सर पुरुषहरूमा सबैभन्दा सामान्य क्यान्सर हो।
यो समस्या ८० वर्षभन्दा माथिका ८० प्रतिशत पुरुषको प्रोस्टेट ग्रन्थिमा हुने गरेको अनुसन्धानहरूले देखाएका छन् ।
प्रारम्भिक चरणमा रोग लागेको पत्ता लागेमा यसको उपचार सम्भव भए पनि यो पुरुषमा क्यान्सरको मृत्युको दोस्रो प्रमुख कारण भएको सङ्गठनले जनाएको छ ।
हार्मोन थेरापी एक सामान्य उपचार हो जसले ट्यूमरलाई खुम्च्याउन सक्छ र क्यान्सरको वृद्धिलाई ढिलो गर्न सक्छ, तर यो उपचार होइन।
राष्ट्रपतिमा निर्वाचित ७९ वर्षीय ट्रम्पको पदबहालपछि शुक्रबार दोस्रो पटक स्वास्थ्य परीक्षण गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
-
गर्मीमा कति दिनसम्म सुरक्षित रहन्छ अन्डा ?
-
युरोपलाई रूसी तेल र ग्यास जरूरी : क्रेमलिन
-
जसाेतसाे सत्ता जाेगाए सुदूरपश्चिमका मुख्यमन्त्री शाहले
-
जसपा नेपाल विभाजन विवाद : सर्वाेच्चले गर्याे उपेन्द्र यादवको पक्षमा फैसला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण