कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली सार्वजनिक (सूची)
सारांश
- २०८२ भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भागेका ५,५४७ कैदीबन्दीको नामावली सार्वजनिक गरिएको छ।
- फरार कैदीबन्दीलाई नियन्त्रणमा लिन गृह मन्त्रालयले कार्यदल गठन गरेको छ।
- फरार कैदीबन्दीको विवरण विभिन्न निकाय र वेबसाइटमा सार्वजनिक गरिएको छ, र उनीहरूलाई पक्राउ गर्न सहयोग गर्नुपर्नेछ।
काठमाडौं । २०८२ भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा विभिन्न कारागारबाट भागेका ५ हजार ५४७ कैदीबन्दीको नामावली कारागार व्यवस्थापन विभागले सार्वजनिक गरेको छ ।
गृह मन्त्रालय (मन्त्रीस्तर) को मिति २०८२/०६/२६ को निर्णय अनुसार फरार कैदीबन्दीहरूलाई शीघ्र नियन्त्रणमा लिन यो कदम चालिएको हो । आन्दोलनपछि हालसम्म ९,००८ जना कैदीबन्दी कारागारमा फर्किसकेका छन् ।
मन्त्रालयले फरार बन्दीहरूलाई खोजी, नियन्त्रण र पक्राउ गर्न जिल्लास्तरमा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरिसकेको छ ।
विभागले फरार कैदीबन्दीहरूको नामावलीसहितको विवरण निर्वाचन आयोग, सुरक्षा निकाय, अध्यागमन, भूमि व्यवस्थापन, यातायात व्यवस्थापन, राहदानी, वैदेशिक रोजगार, श्रम र नापी विभाग लगायतका सेवाग्राहीको भीड हुने निकायहरू तथा ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा पठाउने निर्णय गरेको छ ।
फरार रहेका कैदीबन्दीको विवरण कारागार व्यवस्थापन विभाग र सबै जिल्ला प्रशासन कार्यालयहरूको वेबसाइटमा समेत सार्वजनिक गरिएको छ । सेवाग्राही निकायहरूले फरार बन्दी सेवा लिन आएमा तत्काल कार्यदल र सुरक्षा निकायलाई खबर गरी पक्राउ गर्न सहयोग गर्नुपर्नेछ ।
कारागारमा फर्की आउने बन्दीको विवरण सम्बन्धित कारागारले अध्यावधिक गरी विभागलाई जानकारी गराउने र वेबसाइटको विवरण पनि सोही अनुसार अद्यावधिक गरिनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण