भूमि आयोग खारेजीको विरोधमा आन्दोलन घोषणा
सोमबार, २७ असोज २०८२, १६ : ०४
सारांश
- भूमि समस्या समाधान आयोग खारेजको विरोधमा अखिल नेपाल किसान महासङ्घले देशव्यापी प्रदर्शन गर्ने भएको छ।
- महासङ्घले मंगलबार काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन र कोणसभा गर्ने जनाएको छ।
- आयोग खारेजले भूमिहीन किसान र श्रमिकलाई असर गर्ने भन्दै विरोध जनाइएको छ।
काठमाडौँ । भूमि समस्या समाधान आयोग खारेजीको विरोधमा अखिल नेपाल किसान महासङ्घ र भूमि अधिकार तथा श्रमिक सङ्गठनले देशव्यापी प्रदर्शन गर्ने भएको छ । अखिल नेपाल महासङ्घले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबारबाट आन्दोलन गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा अखिल नेपाल किसान महासङ्घका अध्यक्ष डा.प्रेम दंगालले विरोधस्वरुप असोज २८ गते मङ्गलवार काठमाडौँको तीनकुनेमा विरोध प्रदर्शन तथा कोणसभा गर्ने र असोज २९ गते देशव्यापी प्रदर्शन गर्ने तथा प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए ।
उनले झन्डै २५ लाखको हाराहारीमा रहेका भूमिहीन किसान, श्रमिक, मुक्त कमैयालाई संविधानले एकपटक भूमि उपलब्ध गराउने व्यवस्था गरे विपरित निर्वाचित सरकारले गठन गरेको आयोग खारेज गर्नु संविधानसम्मत नभएको बताए ।
आन्दोलनमा भूमिहीन किसान र अभियन्ताहरु सहभागी हुने दंगालको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण