संसद् पुनर्स्थापनाबारे छलफल गर्न सभामुखले बोलाए १० दलको बैठक
सारांश
- सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन्।
- बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दलका नेताहरूलाई बोलाइएको छ।
- सर्वोच्च अदालतमा रिट परेपछि पुनर्स्थापनाबारे दलहरूको राय लिन बैठक बोलाइएको हो।
काठमाडौँ । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न १० राजनीतिक दलको बैठक बोलाएका छन् ।
बुधबार बिहान ९ बजे १० दलका नेताहरूको बैठक बोलाइएको सभामुखका प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।
अधिकारीका अनुसार सभामुख घिमिरेले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी र जनता समाजवादी पार्टी, नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई बैठकमा बोलाइएको छ ।
प्रतिनिधिसभा पुनर्स्थापना माग गर्दै सर्वोच्च अदालतमा रिट परेपछि त्यसबारे कसरी अगाडि बढ्ने भन्ने धारणा बनाउन घिमिरेले बैठक बोलाएका हुन् । पुनर्स्थापनाबारे बैठकमा सभामुख घिमिरेले दलहरूको राय माग्ने अधिकारीले जानकारी दिए ।
सभामुख घिमिरेले बिहीबार कानुन व्यवसायीहरूको बैठक बोलाएको पनि अधिकारीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण