आफूविरुद्ध भ्रमपूर्ण प्रचारको प्रयास भएको भन्दै जनार्दनले दिए प्रष्टीकरण (भिडियोसहित)
सारांश
- माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफूविरुद्ध भइरहेको भ्रमपूर्ण प्रचारको खण्डन गरेका छन्।
- शर्माले नयाँ पार्टी गठन र विदेशमा सम्पत्ति रहेको भन्ने हल्लाको विरोध गर्दै, पार्टी पुनर्गठनको बहसलाई डाइभर्ट गर्न खोजिएको आरोप लगाए।
- उनले आफ्ना दुई सन्तान नेपालमै रहेको र आफूले अमेरिकामा सम्पत्ति राखेको भन्ने कुरा निराधार भएको बताए।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले पार्टीभित्रबाटै आफूविरुद्ध भ्रमपूर्ण प्रचार भइरहेको भन्दै प्रष्टीकरण दिएका छन्।
मंगलबार एक भिडियो सन्देशमार्फत उनले हाल केही दिनयता आफूले नयाँ पार्टी गठन गर्न खोजेको, विदेशमा सम्पत्ति रहेको, सन्तान विदेशमा रहेकोजस्ता गलत प्रचार भएको भन्दै ती सबैको खण्डन गरेका हुन्।
'केही दिनदेखि मेरो बारेमा विभिन्न माध्यमबाट भ्रामक प्रचार गरिएको अवस्था मैले पाएको छु। म यसको गम्भीर खण्डन गर्छु,’उनले भने, 'मैले पार्टीको पुनर्गठन, रूपान्तरण र शुद्धीकरणका विषयमा विगत दुई वर्षदेखि बहस गर्दै आएको छु, तर यस बहसलाई डाइभर्ट गर्नका लागि झूटा समाचारहरू फैलाइएका छन्।’
शर्माले नयाँ पुस्ता र नयाँ सोचसहित पार्टी निर्माण आवश्यक भएको कुरा आफूले बारम्बार उठाउँदै आएको बताए। तर ’फलानाको नेतृत्वमा नयाँ पार्टी बनाउँदैछ’ भन्ने प्रचारलाई उनले भ्रमपूर्ण र निराधार भनेका छन्।
'पार्टी रूपान्तरण र शुद्धीकरणको कुरा मैले दुई वर्षदेखि उठाउँदै आएको छु, तर कुनै व्यक्तिको नाममा नयाँ पार्टी बनाएको होइन,’ शर्मा स्पष्ट पारेका छन् ।
शर्माले आफूले अमेरिकामा सम्पत्ति र ग्यास स्टेसनहरू राखेको भन्दै भ्रमपूर्ण प्रचार गर्ने काम भएको भन्दै कडा आपत्ति जनाएका छन् । बरु आफूले बारम्बार संसद् र पार्टीभित्र २०४६ सालपछि ओहोदामा बसेका सबै नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने प्रस्ताव गरेको बताए । यस्तै उनले आफ्ना दुई सन्तान नेपालमै रहेको पनि बताएका छन् ।
शर्माले हालैको जेनजी आन्दोलनलाई ‘देशको पुनर्जागरणका लागि नयाँ मार्गदर्शन’का रूपमा लिनुपर्ने भन्दै त्यसका एजेन्डा आत्मसात् सबै दलहरूले गर्नुपर्ने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण