नक्कली पेस्तोल देखाई चोरी तथा लुटपाट गर्ने व्यक्ति पक्राउ
मङ्गलबार, २८ असोज २०८२, २२ : ५५
सारांश
- कास्की प्रहरीले नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने एक जनालाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा पोखरा २० भलाम बस्ने २४ वर्षीय सुजन विक रहेका छन्।
- प्रहरीले नक्कली पेस्तोल र मोटरसाइकलसहित उनलाई पक्राउ गरेको छ।
गण्डकी । नक्कली पेस्तोल देखाएर चोरी तथा लुटपाट गर्ने एक जना व्यक्तिलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पोखरा महानगरपालिका–१२ शितलादेवी बस्ने देविकला अधिकारीलाई सोमबार पेस्तोल देखाई लुटपाट गरेको भन्ने सूचना प्राप्त हुनसाथ वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पर्वतको मोदी–१ स्थायी बसोबास भई हाल पोखरा २० भलाम बस्ने २४ वर्षीय सुजन विकलाई पक्राउ गरिएको कास्की प्रहरीका प्रवक्ता प्रनाउ हरिबहादुर बस्नेतले जानकारी दिए ।
नक्कली पेस्तोल (खेलौना) एक थान र प्रयोग गरेको ग १३ प ९८३२ नं. को मोटरसाइकलसहित पक्राउ गरी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण