‘महाभारत’का ‘कर्ण’को निधन
बुधबार, २९ असोज २०८२, १३ : ५२
सारांश
- प्रसिद्ध भारतीय अभिनेता पंकज धीरको क्यान्सरका कारण निधन भएको छ।
- उनले महाभारत, चन्द्रकान्त, र अन्य धेरै लोकप्रिय सिरियलहरूमा अभिनय गरेका थिए।
- पंकज धीरले सन् १९८८ को महाभारतमा कर्णको भूमिका निर्वाह गरेर चर्चा कमाएका थिए।
नयाँ दिल्ली । बी.आर. चोपडाको चर्चित धार्मिक टेलिशृङृखला महाभारतमा कर्णको भूमिका निर्वाह गरेका प्रसिद्ध भारतीय अभिनेता पंकज धीरको निधन भएको छ ।
उनी लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । पंकज धीरले कयौं हिन्दी फिल्म र टिभी सिरियलहरूमा काम गरेका थिए । उनी महाभारत, चन्द्रकान्त, युग, द ग्रेट मराठा र बढो बहू जस्ता टिभी शृङ्खलामा देखिएका थिए।
उनले सडक, सोल्जर र बादशाह जस्ता फिल्महरूमा पनि साना भूमिका निर्वाह गरेका थिए । उनका छोरा निकितिन धीर एक अभिनेता हुन् । निकितिनले कृतिका सेंगरसँग विवाह गरेका छन् । धीरले १९८८ को महाभारतमा कर्णको भूमिका निर्वाह गरेर मन जितेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण