‘कुमुदे हिँड्यो हिरो बन्न’को सकियो छायाङ्कन
सारांश
- फिल्म 'कुमुदे हिँड्यो हिरो बन्न' को छायाङ्कन २८ दिनमा दाङ र काठमाडौँमा सकियो।
- फिल्मको निर्देशन जानकी पन्तले गरेकी हुन्, र यो उनको डेब्यु फिल्म हो।
- फिल्ममा कुमुद पन्त, रिचा थापा लगायतका कलाकारहरूको अभिनय रहेको छ।
काठमाडौँ । फिल्म ‘कुमुदे हिँड्यो हिरो बन्न’को छायाङ्कन सकिएको छ । दाङ र काठमाडौँ गरेर २८ दिनमा फिल्मको छायाङ्कन सकिएको हो । छायाङ्कन सकिए लगतै फिल्म सम्पादन जुटेको छ । फिल्मको निर्देशन साहित्यकार तथा गीतकार जानकी पन्तले गरेकी हुन् । पन्तको यो निर्देशनमा डेब्यु फिल्म हो ।
कुमुद पन्त, रिचा थापा, रबिना परियार, विष्णु पन्त, रवि गिरी, दिनेश कुँवर, शंकर राज पहाडी, पिताम्बर रिजाल, सचिन भुसाल, रबिन बराइली, किरण मगर पुन, सरस्वती बिक लगायतको अभिनय फिल्ममा छ ।
कुमुद इन्टरटेन्टमेन्टको ब्यानरमा विष्णु पन्त शर्मा आचार्य निर्माण रहेको फिल्मका कार्यकारी निर्माता भोला सुवेदी हुन् । एउटा सफल अभिनेताको उतारचढाव कथाको रूपमा फिल्ममा उठाइएको छ ।
फिल्ममा महिला द्वन्द्व निर्देशक किरण दाहाल द्वन्द्व, विपिन आचार्य र ओम सुनारको सङ्गीत, सन्देश शाहको सम्पादन रहनेछ । फिल्म २०८३ सालभित्र प्रदर्शनमा आउनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण