बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

सामाजिक सञ्जालमा बालेनको ‘लुसिफर’ अवतार !

बिहीबार, ३० असोज २०८२, २२ : २२
बिहीबार, ३० असोज २०८२

सारांश

  • काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जालमा 'लुसिफर' लुक्समा तस्बिर पोस्ट गरेका छन्।
  • इन्स्टाग्राम प्रयोगकर्ताहरूको आग्रहमा उनले लुसिफरको हेयरस्टाइलमा तस्बिर पोस्ट गरेका हुन्।
  • राजनीतिक विश्लेषक सौरभले मेयर बालेनलाई 'लुसिफर'सँग तुलना गरेका थिए, जसको प्रतिक्रिया स्वरुप तस्बिर आएको हो।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह सामाजिक सञ्जालमा ‘लुसिफर’ बनेर तस्बिर पोस्ट गरेका छन् । इन्टाग्रामका फलोअर्सको आग्रह अनुसार उनले लुसिफरको हेयरस्टाइलमा तस्बिर पोस्ट गरेका हुन् ।

उनले लेखेका छन्, ‘दाइ, लुसिफरको जस्तो हेयरस्टाइल बनाएर एउटा फोटो हाल्नु न । हस बाबु, यदि यसले तिमीलाई खुसी दिन्छ भने, मलाई थाहा छैन त्यो स्टाइल मिल्छ कि मिल्दैन ।’
कमेन्टमा शाहकी पत्नी सविना काफ्लेले लेखेकी छन्, ‘हे भगवान् ! अब दुई-तीन दिनलाई पुग्यो ।’

bs

केही दिनअघि लेखक तथा राजनीतिक विश्लेषक सौरभले एउटा टेलिभिजन अन्तर्वार्तामा काठमाडौँ महानगरका मेयर बालेनलाई ‘लुसिफर’ सँग तुलना गरेका थिए । जनतामाझ खुलेर नआउने, सार्वजनिक रूपमा हरहमेशा लगाउने कालो चस्मा र कालै रंगको पोसाकमा देखिने शैली र बानीलाई औंल्याउँदै सौरभले स्पष्ट नाम नकिटीकन बालेनलाई लुसिफरसँग दाँजेका थिए । 

अन्तर्वार्ताका क्रममा उनले बालेनलाई ‘कालो ऊर्जा’ को स्रोत भन्दै एक ठाउँमा ‘लुसिफर ब्युझिँन लागेको हो ?’ भनेका थिए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप