कास्की कारागारबाट भागेका एक कैदी झुन्डिएको अवस्थामा फेला परे
सोमबार, ०३ कात्तिक २०८२, १२ : ४८
सारांश
- कास्की कारागारबाट भागेका एक कैदी पोखरामा झुन्डिएको अवस्थामा फेला परेका छन्।
- ५५ वर्षीय देवबहादुर विश्वकर्मा पोखरा २६ बरालडाँडामा झुन्डिएको अवस्थामा भेटिएका हुन्।
- उनी कर्तव्य ज्यान मुद्दाका कैदी थिए र भागेपछि उनको शव फेला परेको हो।
पोखरा । जेनजी प्रदर्शनका समयमा कास्की जिल्ला कारागारबाट भागेका एक जना कैदी झुन्डिएको अवस्थामा फेला परेका छन् । पोखरा २६ बरालडाँडामा ५५ वर्षका देवबहादुर विश्वकर्मा झुन्डिएको अवस्थामा फेला परेका कास्की प्रहरीले जनाएको छ ।
कर्तव्य ज्यान मुद्दाको कैद भुक्तान गरिरहेका विक भदौ २४ गते अरुसँगै भागेका हुन् । कास्की प्रहरी प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतका अनुसार उनी झुन्डिएको घरमा कोही पनि छैनन् ।
विकको शव पोस्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण