मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

जनार्दनले दिए तिहारको शुभकामना, उज्यालो नेपाललाई यसरी सम्झिए

सोमबार, ०३ कात्तिक २०८२, २२ : ०६
सोमबार, ०३ कात्तिक २०८२

सारांश

  • माओवादी केन्द्रका नेता जनार्दन शर्माले तिहारको शुभकामना दिएका छन्, र देश विदेशमा रहेका नेपालीलाई सुखको कामना गरे।
  • शर्माले उर्जा मन्त्रीको रूपमा लोडसेडिङ अन्त्य गर्न लिएका कदमहरू र उज्यालो नेपाल बनाउन खेलेको भूमिका स्मरण गरे।
  • उनले लोडसेडिङ अन्त्यका लागि चालेका कदमहरू, कुलमान घिसिङसँगको सहकार्य र विद्युत प्राधिकरणमा भएका सुधारबारे चर्चा गरे।

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्माले उज्यालो पर्वका रूपमा मनाइने तिहारको शुभकामना दिएका छन् । सोमबार साँझ लक्ष्मीपूजाको अवसरमा एक भिडियो सन्देशमार्फत शर्माले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना दिए । 

उनले शुभकामना दिँदै भने,'निराशालाई आशामा बदल्ने तागत यस पर्वले पैदा गरोस् । सङ्कटलाई समाधानतर्फ अघि बढाउने विवेक पैदा होस् । उज्यालोको पर्वसँगै अँध्याराका छाँयाहरु मेटिएर फेरी सिङ्गो राष्ट्र प्रगतिको बाटोमा जान सक्ने साहस, विवेक पैदा होस् ।' 

उज्यालो नेपाललाई यसरी सम्झिए 

२०७३ साउन ३० गते मैले ऊर्जामन्त्रीको जिम्मेवारी पाएँ । देशमा सबै दिदीबहिनी लोडसेडिङको मारमा छामछाम छुमछुम गरिरहेको अवस्था । 

उज्यालोको अभावमा विद्यार्थीहरूले असहजता भोगेको म सम्झन्छु । यी समस्यालाई केन्द्रमा राखेर मैले ऊर्जामन्त्रीको रूपमा शपथ लिएको थिए । र मैले एउटा सङ्कल्प लिए ।

यो लोडसेडिङको मारबाट जनतालाई कसरी छुटकारा दिलाउने होला भनेर ममा उथलपुथल आएको थियो । 

मैले मन्त्री भएको १० दिनभित्र एउटा ३८ बुँदे प्रस्ताव तयार पारे । उक्त प्रस्तावको एक नम्बर बुँदामा मैले लोडसेडिङको मारमा परेका जनतालाई मुक्त गर्नेछु । 

कतिपयले यो महत्त्वाकाङ्क्षी भने । तर म आफ्नो लक्ष्यमा अडिग रहेँ त्यसले मलाई थप मद्दत पुग्याे । हौसला प्रदान गर्‍यो । त्यतिवेला ढल्केबर सवस्टेशन केही वर्षदेखि बन्दाबन्दै रोकिएको थियो । 

त्यहाँको ठेकेदार,आयोजना प्रमुख लगायत सरोकारवालालाई एउटै टेबलमा राखेर भने मैले तुरुन्त काम तीन सिफ्टमा काम गर्ने,एक महिनाभित्र यति दिनभित्र टुङ्ग्याउनुपर्ने भनेर हस्ताक्षर गराएँ । र काम अगाडी बढाएँ । 

सिन्धुलीमा काठमाडौँ जोड्ने टावरहरू विवादका कारण अलपत्र थिए । त्यहाँ गएर त्यहाँको जनतासँग कुरा गरेँ र निर्माण कम्पनीलाई पनि सहमति गराएर काम अगाडी बढाएको थिएँ । त्यो क्रममा म साथ दिने साथीहरू खोज्दै थिए । 

ऊर्जा क्षेत्रका विज्ञ अनुप कुमार उपाध्यायलाई फेला पारे । उहाँलाई मैले सचिवको रूपमा काम गर्ने गरी जिम्मेवारी दिए । उहाँ आउन मान्नुभएको थिएन । तर मैले अनुरोध गरेर उहाँलाई ल्याए । उहाँको विज्ञताको मैले राम्रो प्रयोग गरेँ । र त्यसपछि मैले नेपाल विद्युत प्राधिकरणका लागि एउटा अपहेलित भएको मान्छे भेटाएँ कुलमान घिसिङ । 

मैले उहाँलाई बोलाएँ र भने म सँग काम गर्न आउनुस् । म उज्यालो नेपाल बनाउन चाहन्छु, लोडसेडिङ अन्त्य गर्न चाहन्छु । आएर तपाईँ अहिलेसम्म जानेको कुरा मलाई मद्दत गर्नुस् । मैले यति भनेपछि उहाँ तयार हुनुभयो । काम गर्न मैले तमाम साथीहरूलाई प्रोत्साहित गरेँ । 

म विज्ञ त थिएन । तर पनि मैले कहाँ चुहावट छ । कहाँ विद्युत् अनावश्यक रूपले वितरण गरिएको छ जस्ता आइडिया मैले मिटिङ गरेर बताएको थिएँ । 

ती विद्युत् चोर्ने र विद्युत् भित्रभित्रै बिक्री गर्ने केही कर्मचारीलाई फेला पारे र कारबाही गरेँ । र प्राधिकरणमा सस्तोमा विद्युत् किनेर महँगोमा विद्युत् विक्री गर्ने संस्था किन घाटामा गइरहेको छ भनेर प्रश्न गरे र आजदेखि यो नाफामा जानुपर्छ भनेको थिए ।

 त्यहाँ हुने भ्रष्टाचारविरुद्ध मैले हमला गरेपछि नेपाल विद्युत् प्राधिकरण नाफामा गएको हो । तर अहिले घाटामा छ भन्ने सुनिरहेको छु । उज्यालो नेपाल निर्माणका लागि मैले अलिकति टिमलाई प्रेसर गरेँ । र टिमले काम गर्‍यो र उज्यालो नेपालको घोषणा भयो । 

यो उज्यालो नेपालको घोषणा विश्वास थिएन ।  विभिन्न किसिमका वक्तव्यबाजी समेत भएका थिए । सम्भव छैन भनिएको थियो,तर गरियो । त्यही वर्ष आर्थिक वर्षमा सात प्रतिशत आर्थिक वृद्धिदर समेत भयो । जुन ठुलो उपलब्धि हो । 

उद्योगहरू चल्न थाले र नयाँ पुस्ताहरूलाई गर्न सकिन्छ भन्ने विश्वास पैदा भयो । ऊर्जालाई कसरी अघि बढाउनुपर्छ भन्नेमा मैले कामहरू गरेँ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप