यी किसान पारिवारिक समारोहमा व्यस्त रहँदा १५० टन आलु गायव !
सारांश
- पोल्याण्डका किसान पिओत्रको खेतबाट १५० टन आलु हरायो, किनभने सामाजिक सञ्जालमा नि:शुल्क बाँड्दैछन् भन्ने हल्ला चल्यो।
- सामाजिक सञ्जालको झुटो पोष्ट पढेपछि मानिसहरू आलु लिन खेतमा पुगे, जसले गर्दा उनले दुख व्यक्त गरे।
- पिओत्रले चोरीको मुद्दा हाल्ने चेतावनी दिएका छन् र आफूले लगेको आलु फिर्ता गर्ने आशा राखेका छन्।
काठमाडौं । पोल्यान्डका एक जना ६८ वर्षीय किसान पिओत्रको खेतबाट १५० टन आलु हराएको छ । सामाजिक सञ्जालमा उनले बिक्री हुन नसकेको आलु नि:शुल्क बाँड्दैछन् भन्ने अफवाह फैलिएपछि मानिसहरूले आएर ती आलु उठाएर लगेका थिए । यो घटना पोडकार्पासिया क्षेत्रको दाब्रोविकाको हो । सामाजिक सञ्जालको झुटो पोष्ट पढेपछि विभिन्न गाउँका किसान र स्थानीय मानिसहरू पिओत्रको खेतमा पुगे । कसैले झोलामा आलु भएर लगे कसैले ट्यूबरमा लगे । घटनाको समयमा पिओत्र आफ्नो पारिवारिक समारोहमा व्यस्त थिए । आलु यसरी लगिएको उनलाई पत्तै थिएन ।
पिओत्रले भने, ‘म साह्रै दुःखी छु । म ६८ वर्षको भए । मैले मेरो जीवनमा अहिलेसम्म यस्तो खालको कुनै घटना अनुभव गरेको थिइन् ।’ यसलाई उनले बारेजा फिल्मको दुःस्वप्न जस्तो भनेका छन् ।
आलु लगेकाहरूले आफूलाई सम्पर्क गर्ने अनि अवस्थाबारे बताउने आशा उनले गरेका छन् । यो मामिला सल्टिएन भने पिओत्रले चोरीको मुद्दा लिएर सरकारी वकिलको कार्यालयमा जान्छु भनेका छन् ।
यो अफवाह शुरुमा कसले फैलायो कसैलाई पनि थाहा छैन । पिओत्रले अहिलेसम्म यो मामिलालाई प्रहरीमा उजुरी दर्ता गरिसकेका छैनन् । “निशुल्क आलु बाँड्ने” अफवाह झूठो भएको थाहा पाएपछि मानिसहरूले आफूले लगेको आलु फिर्ता गर्ने आशमा उनी छन् । स्थानीय सञ्चार माध्यम अनुसार, पिओत्र २५ वर्षदेखि डाम्ब्रोभिका क्षेत्रमा खेतीपाती गर्दै आइरहेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण