धमाधम छठ पर्वको तयारी सुरु
सारांश
- तिहार समापनसँगै तराई-मधेससहित देशैभर छठ पर्वको तयारी सुरु भएको छ।
- जलेश्वर नगरपालिका क्षेत्रका पोखरी, नदी र तलाउहरूमा सरसफाइ, घाट निर्माण र मर्मतसम्भार भइरहेको छ।
- सूर्य र छठी माताको पूजाका लागि बाँस र काठ प्रयोग गरी मन्दिर तथा तैरिने बाटो बनाइँदै छ।
महोत्तरी । तिहार पर्वको समापनसँगै बिहीबारदेखि तराई मदेससहित देशकै प्रमुख चाडको रूपमा मनाइने छठ पर्वको धमाधम तयारी सुरु भएको छ ।
मिथिलाको प्रमुख पर्वको रूपमा मानिने छठका लागि यहाँका पोखरी, नदी, तलाउहरूमा तयारी सुरु भएको जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव रायले जानकारी दिए । सूर्य भगवान् तथा छठी माताको पूजा पानीमै गरिने भएकाले मिथिलाञ्चलका जलाशयहरुमा सरसफाई, घाट निर्माण, खाल्डाखुल्डी पुर्ने, सडक मर्मत भइरहेको जलेश्वर नगरपालिका–८ का वडा अध्यक्ष विजयकुमार सिंहले बताए ।
मिथिलाञ्चलमा छठ पर्वलाई निष्ठा र श्रद्धाको पर्व मानिन्छ । मिथिलावासीहरू यस पर्वलाई धूमधामका साथ मनाउने भएकाले एक साता पहिलेदेखि तयारी सुरु गरिएको जलेश्वर नगरपालिकाका मेयर सुरेश साह सोनारले बताए ।
सूर्य तथा छठीमाताको पूजाका लागि जलेश्वर नगरपालिका–८ स्थित पाठक पोखरीको बीचमा बाँस र काठको प्रयोग गरेर मन्दिर निर्माण, मन्दिरमा पुग्नका लागि पानीमै तैरिने बाँसको बाटो निर्माण गरिँदै छ । पाँच सय मिटरसम्म गुफाबाला पंडाल, विभिन्न साजसज्जा र बत्ती जडान गरिरहेको छठ पूजा समितिका संयोजक केशव झाले जानकारी दिए।
जलेश्वर नगरपालिका–१स्थित बरुण सरोवरमा पनि छठ पर्वको लागि चारैतिर ठूल–ठूला पंडाल, रंगीचङ्गी साजसज्जा भइरहेको वडा अध्यक्ष अनिल झाले बताए।
यसैगरी जिल्लाको मटिहानी, गौशाला, औरही, बलवा, लोहारपट्टीलगायतका स्थानमा नदीमा छठ पर्व मनाउने चलन रहेकाले ती स्थानका नदीहरूमा धमाधम तयारी भइरहेको जिल्ला समन्वय समितिका संयोजक सुमनकुमार लाल कर्णले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण