इयूले चिनियाँ दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्ने
सारांश
- चीनले खनिज निर्यातमा प्रतिबन्ध लगाएपछि युरोपेली संघले चीनमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको छ।
- चीनको नयाँ निर्यात नियन्त्रणले युरोपेली कम्पनीहरूलाई उत्पादन रोक्न बाध्य पारेको छ, जसले आर्थिक नोक्सान पुर्याएको छ।
- इयूले कच्चा पदार्थको वैकल्पिक स्रोतहरूमा पहुँच सुरक्षित गर्न र रिसाइक्लिङमा ध्यान केन्द्रित गर्ने योजना बनाएको छ।
बर्लिन । बेइजिङले धेरै प्रमुख क्षेत्रमा आवश्यक खनिज निर्यातमा थप प्रतिबन्ध लगाउने घोषणा गरेसँगै इयूले चीनबाट दुर्लभ खनिजमाथिको निर्भरता अन्त्य गर्न काम गरिरहेको शनिबार युरोपेली सङ्घका प्रमुख उर्सुला भोन डेर लेयनलले बताएकी छिन्।
विश्वको सबैभन्दा धेरै दुर्लभ खनिज उत्पादन गर्ने मुलुक चीनले खनिज प्रविधिको निर्यातमा लगाएको नयाँ नियन्त्रणले युरोपेली सङ्घका केही कम्पनीहरूलाई उत्पादन रोक्न बाध्य पारेको र आर्थिक नोक्सान पुगेको युरोपेली सङ्घले बताएको छ ।
इयू प्रमुख भोन डेर लेयनले भनिन्, “यसको उद्देश्य हाम्रा युरोपेली उद्योगहरूका लागि छोटो, मध्यम र दीर्घकालीन रूपमा महत्त्वपूर्ण कच्चा सामानको वैकल्पिक स्रोतहरूमा पहुँच सुरक्षित गर्नु हो।”
अप्रिलदेखि बेइजिङले केही निश्चित निर्यातका लागि लाइसेन्स आवश्यक गरेको छ, जसले विश्वव्यापी उत्पादन क्षेत्रहरूमा तरङ्ग सिर्जना गरेको छ।
चीनले यसै महिना अटो, इलेकट्रोनिक्स र रक्षा उद्योगका लागि म्याग्नेटलाई महत्त्वपूर्ण बनाउन प्रयोग गरिने दुर्लभ खनिज प्रविधिको निर्यातमा नयाँ नियन्त्रणको घोषणा गरेको छ।
भोन डेर लेयनले भने, “इयू योजनाको एक महत्त्वपूर्ण सुरुवात पुनः प्रशोधन हुनेछ।
“केही कम्पनीहरूले ९५ प्रतिशत महत्त्वपूर्ण कच्चा माल र ब्याट्रीहरू रिसाइकल गर्न सक्छन्,” उनले भनिन् ।
उनले थपिन “इयू समूहले ‘महत्त्वपूर्ण कच्चा पदार्थको उत्पादन र प्रयोगपछि भने पुनः प्रशोधन प्रक्रिया’ मा पनि ध्यान केन्द्रित गर्नेछ र ‘युक्रेन, अस्ट्रेलिया, क्यानाडा, कजाकिस्तान, उज्बेकिस्तान, चिली र ग्रीनल्याण्डजस्ता देशहरूसँग महत्त्वपूर्ण कच्चा माल खरिदका लागि साझेदारी गर्नेछ।"
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण