संविधानअनुसार सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यास मजबुत पार्नुपर्छ: राष्ट्रियसभा उपाध्यक्ष घिमिरे
सारांश
- राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले संविधान अनुसार सरकार सञ्चालन र लोकतान्त्रिक अभ्यासलाई जोड दिएकी छन्।
- उनले छठ पर्वको शुभकामना दिँदै, राष्ट्रियसभाले नीति निर्माण र राजनीतिक स्थिरतामा सन्तुलन कायम गर्ने विश्वास व्यक्त गरिन्।
- घिमिरेले जनप्रतिनिधिहरूले सहकार्यमार्फत लोकतन्त्रलाई बलियो बनाउनुपर्ने बताइन्, र राज्य सञ्चालनमा सन्तुलनको आह्वान गरिन्।
काठमाडौँ । राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले मुलुकमा संविधान अनुरूप सरकार सञ्चालन, लोकतान्त्रिक अभ्यासलाई मजबुत पार्नुपर्ने बताएकी छन् । त्यसका निम्ति संसद्को भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने उनको भनाइ छ ।
छठ पर्व–२०८२ को अवसरमा आज सम्पूर्ण नेपाली आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, स्वास्थ्य र समृद्धिको लागि शुभकामना व्यक्त गर्दै उनले भनिन्, “वर्तमान अवस्थामा राष्ट्रियसभा एक स्थायी संस्था भएकाले यसले नीति निर्माण, कानुन निर्माण र राजनीतिक स्थिरतामा सन्तुलन कायम गर्ने, राष्ट्रिय सहमति निर्माण गर्ने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास म गर्दछु ।”
उपाध्यक्ष घिमिरेले संसद्मार्फत जनप्रतिनिधिहरूले आआफ्ना विचार राख्ने, छलफल गर्ने र सहकार्यद्वारा निष्कर्षमा पुग्ने प्रक्रियाले लोकतन्त्रलाई अझ सबल बनाउने तर्क गरेकी छन् । उनले संविधानले निर्देश गरेको मार्गअनुसार विधायिका, कार्यपालिका र न्यायपालिकाबिचको सन्तुलन कायम गर्दै राज्य सञ्चालन गर्न आह्वान गरेकी छन् ।
उनले भनिन्, ‘यस पर्वको मूल सन्देश नै विभेदमुक्त, न्यायपूर्ण, समतामूलक र सभ्य समाजको निर्माणतर्फ सबैलाई प्रेरित गर्नु हो, छठ पर्वले हामी सबैलाई धार्मिक आस्था मात्र नभई राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा एकता, सहकार्य र जिम्मेवारीका मार्गमा अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
-
कर्णालीका पूर्वमुख्यमन्त्री शर्माद्वारा संसद् अवरुद्ध
-
रोल्पा दुर्घटना अपडेट : मृतकहरूको पहिचान खुल्यो
-
पूर्वआयुक्त पाठकविरुद्धको भ्रष्टाचार मुद्दा ‘हेर्न नमिल्ने’मा
-
'राजासहितको प्रजातन्त्र'को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण