बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

बिहीबार डोनाल्ड ट्रम्प र सी जिनपिङबिच भेटघाट हुने

बुधबार, १२ कात्तिक २०८२, २१ : २७
बुधबार, १२ कात्तिक २०८२

सारांश

  • अमेरिकी राष्ट्रपति ट्रम्प एसिया भ्रमणको क्रममा दक्षिण कोरियामा छन्, जहाँ चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटघाट हुँदैछ।
  • ह्वाइट हाउसका अनुसार, ट्रम्पले बुधबार चिनियाँ राष्ट्रपति सीलाई भेट्नेछन्, र यो भेट ग्वाङ्झाउ नजिकै हुनेछ।
  • भेटमा दुई नेताहरूले द्विपक्षीय सम्बन्ध र आपसी हितका मुद्दाहरूमा छलफल गर्नेछन्, र ट्रम्पले विरोध प्रदर्शनको खिल्ली उडाए।

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प सप्ताहव्यापी एसिया भ्रमणको क्रममा यतिबेला दक्षिण कोरियामा छन् । उनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेट गर्ने कार्यक्रम छ । यहाँ एसिया प्रशान्त आर्थिक सहयोग शिखर सम्मेलन भइरहेको छ । यही सम्मेलनको छेको पारेर ट्रम्प र सीबिच भेटघाट हुँदैछ ।

ट्रम्पले बुधबार अमेरिकाको स्थानीय समय अनुसार बिहान ११ बजे (एसियाली समयअनुसार बिहीबार बिहान) सीलाई भेट गर्ने ह्वाइट हाउसले बताएको छ ।  बिहीबार दक्षिण कोरियाको दोस्रो ठुलो सहर ग्वाङ्झाउ नजिकैको बुसानमा दुईबिच भेट हुने पुष्टि चीनको विदेश मन्त्रालयले पनि गरेको छ  ।

मन्त्रालयको विज्ञप्ति अनुसार यस भेटमा दुई नेताहरूले द्विपक्षीय सम्बन्ध र आपसी हितका मुद्दाहरूमा छलफल गर्नेछन् । सीलाई भेट्नुअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल मञ्च टुथ सोसलमा ‘खरबौँ डलर लिएर अमेरिका फर्कँदै ! कयौँ स्मार्ट, प्रतिभाशाली र प्रतिभाशाली नेताहरूलाई भेट्दै । भोलि म चिनियाँ राष्ट्रपति सीलाई भेट्नेछु । यो हामी दुवैको लागि अद्भूत भेट हुनेछ’ भनेर लेखेका छन् ।

ट्रम्प मङ्गलवार कोरियाका राष्ट्रपतिले आयोजना गरेको रात्रिभोजमा सहभागी भएका थिए । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले ट्रम्पलाई सुनबाट बनेको विशेष मुकुट उपहार दिएका थिए । ट्रम्पको भ्रमणका क्रममा उनी विरुद्ध दक्षिण कोरियामा व्यापक नाराबाजी भइरहेको छ ।

विरोधमा ‘हामीलाई राजा चाहिन्न’ भन्दै ट्रम्पविरुद्ध नाराबाजी भएको थियो । तर, ट्रम्पले यी विरोध प्रदर्शनहरूको खिल्ली उडाएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप