एकीकृत समाजवादी बैठकः पार्टी एकताबारे कसले के भने ?
सारांश
- नेकपा एसको बैठकमा नेताहरूले पार्टी एकता र नेतृत्व परिवर्तनबारे आ-आफ्ना धारणा राखे।
- कतिपय नेताहरूले असफलताको जिम्मेवारी लिँदै नेतृत्व परिवर्तन गर्नुपर्नेमा जोड दिए।
- केही नेताहरूले माओवादीसँगको एकता र क्रान्तिकारी पार्टी निर्माणबारे फरक-फरक विचार व्यक्त गरे।
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा बिहीबार पदाधिकारीबाहेक ३० जना नेताले पार्टी एकताबारे धारणा राखेका छन् । अधिकांशले 'फुटेर होइन, जुटेर एकता गर्नुपर्ने' धारणा राखेका प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।
नेताहरू कृष्ण बहादुर विसी, डा.विजय पौडेल, यादव रायमाझी, हरिप्रसाद डाँगी, कृष्णकुमार विश्वकर्मा,अमरबहादुर थापा, कुलबहादुर घिमिरे, लक्ष्मण लम्साल, ठगेन्द्रप्रकाश पुरी, ओमकुमारी श्रेष्ठ, हिमाल खरेल, प्रेमलकुमार खनाल, कृष्ण नेपाली, बसन्तकुमार विश्वकर्मा, हेमबहादुर रसाइली, इन्दु आचार्य, मुकुन्द गौतम, विद्यानाथ ढकाल, हरिप्रसाद घर्ती,डीबी कार्की र अशेष घिमिरे लगायतले धारणा राखेका हुन् ।
नेता घिमिरेले असफलताको जिम्मेवारी लिँदै पार्टी र जनताबिचको खाडल बढेको कुरालाई आत्मसाथ गर्नुपर्ने तथा लामो समयदेखि नेतृत्व गर्दै आएका नेताहरूले कार्यकारी भूमिकाबाट बिदा लिनुपर्नेमा जोड दिए ।
माओको उदाहरण दिँदै नेता घिमिरेले संसारमा असफलताको जिम्मेवारी लिएर आन्दोलनलाई नयाँ शिराबाट उठाएका घटनाको स्मरण गराए । ‘पुँजीवादलेमात्रै हो जवाफदेहिता र जिम्मेवारी नलिने, कम्युनिस्ट नेता जवाफदेही हुनैप्छ,’ घिमिरेको भनाइ उद्धृत् गर्दै एक केन्द्रीय सदस्यले भने, ‘असफलताको जिम्मेवारी लिऔँ, एकता गरौँ तर जवाफदेहीता र जिम्मेवारीलाई पनि नभुलौँ, नेतृत्व परिवर्तन गरेर अगाडि बढौँ ।’
उनले जनता, वर्ग र पार्टीबिचको सन्तुलन खल्बलिनु नै जेनजी आन्दोलनको कारण रहेको भन्दै वर्गसंघर्षको आक्रोश साम्राज्यवादी र भूराजनीतिक खेलाडीले प्रयोग गरे पनि क्रान्तिकारी शक्तिले त्यसलाई बुझ्न र संगठित गर्न नसकेको बताए ।
यस्तै नेता लक्ष्मण लम्साल र कृष्ण विश्वकर्माले अहिले सबै पार्टी विघटित भएको तथा जनता र पार्टीबिचको सम्बन्ध टुटेको बताए । जेनजीले कम्युनिस्ट प्रधानमन्त्रीलाई सत्ताच्युत गर्ने अवस्था आउँदासमेत क्रान्ति गर्छौँ भन्ने पार्टीहरूको औचित्यमाथि प्रश्न उठ्न पुगेको उनीहरूको भनाइ थियो ।
बैठकमा शर्मिला पौडेल, यशु लामा लगायतले माधव नेपाल हिजो पनि र आज पनि नेता रहेको भन्दै उनको विकल्प अहिले सोच्न नसकिने धारणा राखेका थिए ।
पदाधिकारीका तर्फबाट सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल तथा नेताहरू राजेन्द्र पाण्डे, जगन्नाथ खतिवडा र प्रमेश हमालले बोलेका थिए । खनाल र भुसालले माओवादीसँगको एकताभन्दा पनि क्रान्तिकारी पार्टी निर्माणमा लाग्नुपर्ने बताएका थिए भने पाण्डे, खतिवडा र हमालले बलियो शक्तिका लागि माओवादीसँग एकता गर्नुपर्नेमा जोड दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण