अपडेट
सहरी विकास मन्त्रालयले बञ्चरेडाँडाबासीलाई छलफलमा बोलायो
शुक्रबार, १४ कात्तिक २०८२, १६ : ३८
सारांश
- बञ्चरेडाँडा ल्याण्डफिल साइटका स्थानीयले फोहोर बोकेका गाडी रोकेका छन्।
- २०७९ जेठ २६ को सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले विरोध जनाएका हुन्।
- सहरी विकास मन्त्रालयले स्थानीयलाई वार्ताका लागि बोलाएको छ, छलफल आजै हुनेछ।
काठमाडौँ । बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रका स्थानीयले दुई दिनदेखि फोहोर बोकेर गएको गाडी रोकेपछि सहरी विकास मन्त्रालयले स्थानीयलाई आज वार्तामा बोलाएको छ ।
२०७९ जेठ २६ गते भएको १८ बुँदै सम्झौता कार्यान्वयन नभएको भन्दै स्थानीयले काठमाडौँ महानगरसहित उपत्यकाबाट फोहोर बोकेर गएका गाडीहरू रोकिएका छन् । काठमाडौँ महानगरपालिकाले घरबाट फोहोर ननिकाल्न सूचना नै जारी गरिसकेको छ ।
स्थानीयहरूको विरोधपछि मन्त्रालयले छलफलमा बोलाएको ल्याण्डफिल साइट रहेको नुवाकोटको ककनी गाउँपालिका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।
‘हामीलाई छलफल गर्न बोलाएको छ, हामी जाँदैछौँ । गएपछि सहमति वा असहमति के हुन्छ त्यो जानकारी भइहाल्छ,’ तामाङले भने । तामाङकाअनुसार प्रभावित क्षेत्रका स्थानीय सरकार प्रतिनिधिहरू, स्थानीय अगुवाहरूको सहभागिता आजै छलफल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण