१० बजे १० समाचार : माधव माओवादीमा विसर्जन, गृहमन्त्रीमाथि बालेनको अविश्वास
आज २०८२ कात्तिक १४ गते शुक्रबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- माधव माओवादीमा विसर्जन
शुक्रबार सकिएको एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले पार्टी एकता गर्ने अध्यक्ष माधवकुमार नेपालको प्रस्ताव बहुतले पारित गरेको थियो ।
उक्त निर्णयको विपक्षमा रहेका सम्मानित नेता झलनाथ खनालसहितका केही नेताले तत्कालै भेला बोलाएर पार्टी पुनर्गठन गर्ने बताएका हुन् ।
‘देश विकासका लागि फेरि नयाँ पार्टी खोल्नु भएको धेरै धेरै बधाइ हो बूढो’ (देश विकासके लाग फेनसे लव्व पार्टी खोल्लो धिउर धिउर बधाइ बा हो बुरूवा) ।
नागरिक उन्मुक्ति पार्टीबाट अलग भई नयाँ दल दर्ताका निर्वाचन आयोगमा निवेदन दिएका रेशम चौधरीलाई रञ्जिता श्रेष्ठले दिएका बधाईका शब्द हुन् यी ।
- कांग्रेस बैठक
शुक्रबार बिहानैदेखि भएका प्रयासले सार्थकता नपाएपछि कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनका लागि सारिएको छ । शुक्रबार १ बजेका लागि बोलाइएको बैठक आइतबार दिउँसो एक बजेसम्मका लागि सारिएको हो ।
- किसानका दु:ख
असार धान रोप्ने बेला किसानहरुले चर्को खडेरीको मार खेपे । यो समय धान भित्र्याउने समय हो, तर अविरल झरीका कारण वर्षभरिको मेहनत खेर जाने चिन्ताले किसानलाई सताइरहेको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण