चुनावीपछिको हिंसामा संयमता देखाउन तान्जानियालाई इयूको आग्रह
सारांश
- युरोपेली संघले तान्जानियामा राष्ट्रपतिको निर्वाचनपछि भएको हिंसा रोक्न आग्रह गरेको छ।
- निर्वाचनमा सामिया सुलुहु हसनले ९७.६६ प्रतिशत मत प्राप्त गरेपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले पारदर्शितामाथि प्रश्न उठाएका छन्।
- इयूले हिरासतमा लिइएका राजनीतिज्ञहरूको रिहाइ र पक्राउ परेकाहरूको निष्पक्ष सुनुवाइको माग गरेको छ।
ब्रसेल्स । युरोपेली सङ्घले तान्जानियामा राष्ट्रपति सामिया सुलुहु हसन पुनः निर्वाचित भएपछि उत्पन्न भएको हिंसालाई थप नबढाउन तान्जानियालाई आग्रह गरेको छ।
"ठुलो सङ्ख्यामा मृत्यु र धेरै घाइते भएको भन्ने रिपोर्टहरू विश्वसनीय सूत्रबाट आएको र यो बृहत् चिन्ताको विषय" भएको इयूले जनाएको छ ।
“इयूले अधिकारीहरूलाई मानव जीवन जोगाउन अधिकतम संयम अपनाउन आग्रह गर्दछ,” इयूका प्रमुख कूटनीतिज्ञ काजा कल्लासले एक विज्ञप्ति जारी गरी भनेका छन्।
तान्जानियाको निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत प्राप्त गरेका छन्।
निर्वाचन आयुक्तका अनुसार बुधबार भएको मतदानमा देशका तीन करोड ७६ लाख पञ्जीकृत मतदातामध्ये ८७ प्रतिशत अर्थात् तीन करोड २० लाख मतदाताले मतदान गरेका थिए जसमध्ये ९७।६६ प्रतिशत अर्थात् करिब तीन करोड १९ लाख मत सामियालाई प्राप्त भएको थियो ।
निर्वाचन परिणाम सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले निर्वाचनको पारदर्शिता र देशमा फैलिएको हिंसाप्रति चिन्ता व्यक्त गरेका छन् ।
केही स्थानमा निर्वाचन प्रक्रियामा अनियमितता भएको रिपोर्टपछि चर्किएको निर्वाचनपछिको हिंसात्मक गतिविधि र इन्टरनेट बन्दप्रति इयू निकै चिन्तित रहेको कल्लासले बताउनुभयो ।
उनले चुनावअघि ‘प्रतिस्पर्धाका लागि समान अवसरको अभाव’ देखिएको भन्ने रिपोर्टप्रति पनि इयूले चिन्ता व्यक्त गर्दै यो नागरिकको प्रजातान्त्रिक अवसरमाथिको व्यापक खेलबाड हो भनेका छन्।
इयूका विदेश नीति प्रमुखले भन्नुभयो, “इयूले हिरासतमा लिइएका सबै राजनीतिज्ञहरूको रिहाइको माग गर्दछ र पक्राउ परेकाहरूको पारदर्शी र निष्पक्ष सुनुवाइ गर्न आह्वान गर्दछ।
शनिबार प्रमुख उम्मेदवारहरूलाई जेल हालेपछि वा मतदानबाट प्रतिबन्ध लगाएको थियो । निर्वाचनमा हसनले भारी मतले जित हासिल गरेको त्यहाँको निर्वाचन आयोगले शनिबार घोषणा गरेको थियो।
विपक्षीहरूले यस मतदानलाई लोकतान्त्रिक प्रक्रियाको खिल्ली उडाएको’ बताएका छन् । उनीहरूले निर्वाचनपछि भएका प्रदर्शनमा सुरक्षा फौजले गरेको अन्धाधुन्ध कारबाहीमा सयौँको मृत्यु भएको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
-
मेची राजमार्गको इलाम खण्ड तत्काल स्तरोन्नति गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण