ब्राजिलियन टोलीका लागि एन्सेलोटीको रोजाइमा परेनन् नेयमार
सारांश
- २०२६ विश्वकपका लागि ब्राजिलको तयारी सुरु भइसकेको छ, प्रशिक्षक एन्सेलोटीले टोली घोषणा गरे।
- प्रशिक्षकले नेयमारलाई टोलीमा नराख्दा विवाद उत्पन्न भएको छ, जसले उनको विश्वकप सहभागितामा शंका जन्माएको छ।
- ब्राजिलले नोभेम्बरमा सेनेगल र ट्युनिसियासँग मैत्रीपूर्ण खेल खेल्नेछ, जुन विश्वकपको तयारीको एक भाग हो।
काठमाडौँ । २०२६ को विश्वकप सुरु हुन अब सात महिना मात्र बाँकी छ . विश्वकप प्रतियोगिता नजिकिँदै गर्दा राष्ट्रिय टोलीहरू आफ्नो तयारीमा गहिरिएर लागिरहेका छन् । ब्राजिल पनि यसमा लागिरहेको कुरामा दुई मत छैन् ।
यसैबीच मुख्य प्रशिक्षक कार्लो एन्सेलोटीले नोभेम्बरको अन्तर्राष्ट्रिय विन्डोका लागि आफ्नो टोली सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेको टोलीमा नेयमारलाई बाहिर राख्दा फेरि एक पटक विवाद निम्त्याएको छ ।
विश्वकपको तयारी स्वरूप, पाँच पटकको च्याम्पियन ब्राजिलले आगामी फिफा विन्डोका लागि दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलहरू तय गरेको छ । ब्राजिलले नोभेम्बर १५ मा सेनेगल र नोभेम्बर १८ मा ट्युनिसियाको सामना गर्नेछ । यी दुवै अफ्रिकी टोलीहरूसँग ब्राजिल जस्तो बलियो इतिहास नभए पनि, उनीहरूले प्रतियोगिताका लागि पहिले नै छनोट भइसकेका छन् ।
चोटबाट निको भइसकेका र शारीरिक रूपमा राम्रो अवस्थामा रहेको भनिए पनि इटालियन प्रशिक्षकले सान्तोसका स्टारलाई फेरि एक पटक टोलीबाट बाहिर राख्ने निर्णय गरे । नेयमारले ब्राजिलको प्रतिनिधित्व गरेको दुई वर्षभन्दा बढी भइसकेको छ । त्यसैले सन् २०२६ को विश्वकपमा उनको सहभागिताको सम्भावनाबारे शंका उत्पन्न गरेको समाचारमा उल्लेख छ।
ब्राजिलको टोली सूचीः
गोलकिपरः एडरसन, बेन्टो, ह्युगो सुजा
डिफेन्डरः मार्कियूनोस, इडर मिलिटाओ, गाब्रियल मागालहेज, ड्यानिलो, फाब्रिसियो ब्रुनो, एलेक्स सान्द्रो, वेस्ले, काइओ हेनरिक, पाउलो हेनरिक, लुसियानो जुबा
मिडफिल्डरः ब्रुनो गुइमारेस, कासेमिरो, फाबिन्हो, लुकास पाक्वेटा, आन्द्रे सान्तोस
फरवार्डः भिनिसियस जुनियर, रोड्रिगो, एस्टेभाओ, भिटोर रोके, जोआओ पेड्रो, रिचार्लिसन, माथियस कुन्हा, लुइज हेनरिक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण