बङ्गलादेशमा डेङ्गुका कारण मृत्यु हुनेको दर बढ्यो
बुधबार, १९ कात्तिक २०८२, २२ : ३२
सारांश
- बंगलादेशमा डेङ्गुका कारण एकै दिनमा १० जनाको मृत्यु भएको छ, जसले यो वर्ष मृत्यु हुनेको संख्या ३०२ पुर्याएको छ।
- पछिल्लो २४ घण्टामा थप १,०६९ नयाँ संक्रमण देखिएको छ, जसले गर्दा यो वर्ष संक्रमितको कुल संख्या ७४,९९२ पुगेको छ।
- बंगलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नष्ट गर्न कडा उपायहरू अपनाएका छन्।
ढाका । बङ्गलादेशमा डेङ्गुका कारण हुने मृत्यु दरमा वृद्धि देखिएको छ।
यहाँ एकै दिनमा १० जनाको मृत्यु भएसँगै यो बर्ष डेङ्गुका कारण मृत्यु हुने व्यक्तिको सङ्ख्या ३०२ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालयले जनाएको छ ।
तथ्याङ्कले स्थानीय समयअनुसार बुधबार बिहान ८ बजेसम्म पछिल्लो २४ घण्टामा थप एक हजार ६९ नयाँ सङ्क्रमणहरू भएको देखाएको छ भने यस वर्ष अहिलेसम्म लामखुट्टेबाट सर्ने यस रोग सङ्क्रमितको कुल सङ्ख्या ७४ हजार ९९२ पुगेको छ।
डेङ्गुको थप फैलावटलाई रोक्नका लागि बङ्गलादेशका स्वास्थ्य अधिकारीहरूले लामखुट्टेको प्रजनन रोक्न र लार्भा नष्ट गर्ने कडा उपायहरू अपनाएका छन् ।
डेङ्गु ज्वरो, बङ्गलादेशमा मनसुन देखिने सामान्य रोग हो जुन जुनदेखि सेप्टेम्बरसम्म विशेष रूपमा फैलिने गर्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण